बाँकेमा रगत समस्या समाधान, बिरामीको अकालमा ज्यान जाने अवस्थाको अन्त्य
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ८, २०७७ बिहिबार १९:८:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/boold_Gkjrq9MoHZ.jpg)
८ जेठ, नेपालगञ्ज । बाँके जिल्लामा केही समयअघि भएको रगत अभाव अहिले टरेको छ । नेपाल रेडक्रस सोसाइटी बाँकेको आह्वानमा रक्तदाता स्वयम्सेवकको संख्या दिनप्रतिदिन बढ्दै गएपछि सो समस्या समाधान भएको छ । ‘हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको संख्या बढेको हो र अहिले अभाव पनि टरेको छ’, रेडक्रस बाँकेका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले भने ।
उनका अनुसार केन्द्रले संकलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा बाँकी व्यक्तिगत स्वयम्सेवकको छ । रेडक्रसको नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्र र कोहलपुर रक्तसञ्चार केन्द्रले आवश्यक पर्ने बिरामीका लागि दैनिक सरदर ८० पिन्ट रगत उपलव्ध गराउँदै आएको छ । अस्पतालमा बिरामीको चाप अत्यधिक कम भएका कारण रगतको माग पनि घटेको रेग्मीले बताए ।
यसैगरी रगतका अभावमा कुनै बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयम्सेवक अझ वृद्धि गर्न बाँके रेडक्रसले प्रचारमुखी अभियान पनि सञ्चालन गर्दै आएको छ । जिल्लामा रक्त सङ्कलनमा बढोत्तरीपछि रगत अभावमा बिरामीका आफन्त भौँतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थाको समेत अन्त्य भएको जनाइएको छ ।
स्वयम्सेवक रक्तदाताका अलावा जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेशागत संघसंगठनले समयसमयमा गर्ने रक्तदानले रक्ताभाव हुन नदिन ठूलो सहयोग पु¥याएको छ । रक्तदानका लागि महिलाको सहभागिता पुरुषको तुलनामा कम रहेकाले उनीहरुको सहभागिता बढाउने प्रयास पनि केन्द्रले थालनी गरेको छ ।
रेडक्रस बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झनाका अनुसार केन्द्रद्वारा सङ्कलित रगतमध्ये सबैभन्दा बढी रगत गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुनेमा प्रयोग हुने गरेको छ ।
यसैबीच बाँके रेडक्रसले जिल्लाका विभिन्न क्वारेन्टिनमा रहेका व्यक्तिका लागि जिल्ला विपत् व्वस्थापन समितिमार्पmत विभिन्न सामग्री सहयोग गरेको छ । अध्यक्ष सम्झनाका अनुसार क्वारेन्टिनमा बसेकाहरुका लागि कम्बल, त्रिपाल, झुल, सेनेटाइजर, साबुनलगायत सामग्री उपलब्ध गराइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार