भारतबाट भित्रिनेको संख्या ह्वातै बढ्यो, सप्तरीमा नौ सय नेपाली भित्रिए, सबैलाई क्वारेन्टाइन राखियो
नेपालबहस संवाददाता
जेठ ८, २०७७ बिहिबार २३:१५:१२
♦ धीरुभाइ
८ जेठ, सप्तरी । पछिल्लो एकसाता यता भारतबाट नौ सय नेपाली भित्रिएका छन । भारतमा विभिन्न पेशामा रहेका नेपालीहरु ठूलो संख्यामा फर्किन थालेपछि सप्तरीका स्थानीय तहहरु उनीहरुको सुरक्षित व्यवस्थापनमा सक्रिय भएका छन ।
भारतमा संक्रमितसहित विभिन्न स्थानहरुबाट हालसम्म ८९८ नेपालीहरु प्रवेश गरेका छन् । उनीहरुलाई सीमा नाकामै रोकेर ठेगाना सम्बद्ध क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । तर, लुकिछिपी आएर घरमा बसेका पनि केही मानिसहरु हुनसक्ने उनले अनुमान गर्दै यस्ता मानिसहरुले गर्दा कोरोना संक्रमणको उच्च जोखिम पनि बढेको बताए । लुकिछिपी आएर बसेकाहरुको स्थानीय तहहरुबाट संक्रियतासाथ निगरानी बढाइएको उनले जनाए ।
भारत सरकारले लकडाउनको तेस्रो चरणमा केही खुकुलो पारेर रेलमार्ग सञ्चालनमा ल्याएपछि भारतमा संक्रमित मुम्बई, इन्दौर, दिल्ली, बैगलुर लगायतका स्थानहरुबाट नेपाली विद्यार्थी, मजदुर, पेशा व्यवसायी लगायतका मानिसहरु सीमानाकाको मूल बाटो तथा लुकिछिपी नेपाल प्रवेश गर्दै आएका छन । यसरी भित्रिने गरेको नेपालीहरुलाई व्यवस्थापनका लागि स्थानीय तहहरु क्वारेन्टाइनको बेड संख्या बिस्तार गरी सञ्चालनमा ल्याइएको छ ।
जिल्लाका १८ स्थानीय तहहरुले ३७ वटा क्वारेन्टाइन सञ्चालन गरेका छन् । ती क्वारेन्टाइनमा एक हजार ९० जनाको व्यवस्थापन गर्न सकिने क्षमता रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख यादवले जानकारी दिए । भारतबाट भित्रिने नेपालीको संख्या ह्वातै बढेको छ, उनले भने, सोही अनुसार क्वारेन्टाइन क्षमताको बिस्तारमा स्थानीय तहहरु अग्रसर भएका छन् । बस्तीमा क्वारेन्टाइन राख्न लाग्दा कतैकतै स्थानीयले अवरोध पनि पु¥याएको दुखेसो पोख्दै उनले धेरै स्थानमा स्थानीयले सहयोग पनि गरेको बताए ।
जिल्लाको सीमावर्ती तिलाठी कोइलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, बलानबिहुल गाउँपालिका, अग्निसाइर कृष्णसवरण गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालीनी नगरपालिकाको क्वारेन्टाइनमा भारतबाट प्रवेश गरेको नेपालीहरुको संख्या अत्याधिक रहेको बताइएको छ । दैनिक औसतमा एक-दुई सयको संख्यामा मानिस भित्रिरहेको हुँदा तत्कालै सुविधायुक्त क्वारेन्टाइन निर्माणमा समस्या भइरहेकोले बिस्तारै पूर्ण व्यवस्थापन हुने निमित प्रमुख यादवको कथन छ । भारतबाट प्रवेश गर्ने नेपालीहरुमा कोरोना संक्रमण लक्षण देखिएमा तत्कालै स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि पठाइने गरेको छ । क्वारेन्टाइनमा १४ दिन कटेपछि सबैको परिक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाइने योजना रहेको बताइएको छ । भारतबाट आएका मध्ये संक्रमणको शंका लागेका करिब एकसय जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठायौं उनले भने, सबैको रिपोर्ट नेगेटिभ आएको छ । तरपनि, उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखेका छौ । तत्कालै संक्रमित भएर भारतबाट आएपछि जाँच गर्दा रिपोर्टमा संक्रमण देखाउन नसकिने बढी संभावना रहेको हुँदा केही दिन क्वारेन्टाइनमा राख्नु पर्ने अनिवार्य भएको निमित प्रमुख यादवले बताए ।
जिल्लाको कोशी ब्यारेज, गोबरगाढा, हनुमाननगर, रम्पुरामल्हनिया, कुनौली, तिलाठी, लालापट्टि, गोबिन्दपुर, सखडा, बनैनिया, औरही, पातो, तरही, देउरी सिम्रहा, बोदेबर्साइन, रामनगर कोदरकट्टी, बेल्ही लगायतको सीमा नाकाबाट नेपाली भित्रिने गरेको छ ।
नेपाल प्रवेश गर्ने नेपालीहरुको लागि तत्काल सुरक्षित विश्राम गर्न तिलाठी कोइलाडी गाउँपालिकाले वार्ड नम्बर १ बेलही भन्सार (कुनौली सीमानाका) मा दुईसय क्षमताको टेण्ट निर्माण गरिएको छ । त्यहाँ नस्तासहित विश्रामपछि बिस्तृत यात्रा बृतान्त अभिलेख तयार गरेर सम्बद्ध स्थानीय तहको समन्वयमा क्वारेन्टाइनमा पठाइने व्यवस्था मिलाएको सो गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।
भारतबाट भित्रिने नेपालीको लागि तत्काल विश्राम गर्न सीमा नाकामै अस्थायी टेण्ट निर्माण गर्दै तिलाठी कोइलाडी गाउँपालिका ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार