आयल निगमका कर्मचारीको पीसीआर परीक्षण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ८, २०७७ शुक्रबार ०:१:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/pcr-test-2_v0NQD7f8Mz.jpg)
८ जेठ, काठमाडौं । नेपाल आयल निगममा कार्यरत १४६ कर्मचारीको कोरोना परीक्षण गरिएको छ । निगम सञ्चालक समिति, केन्द्रीय कार्यालय बबरमहल, टेकु कार्यालय, थानकोट डिपो र हवाइ इन्धन डिपो सिनामंगलमा कार्यरत अपरेटर कर्मचारीको पीसीआर विधिबाट परीक्षण गरिएको निगमले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गोपालचन्द्र राईले जानकारी दिए । उनका अनुसार विभिन्न नाका हुँदै पेट्रोलियम पदार्थ बोक्ने ट्रकका चालक तथा सहचालकसँग प्रत्यक्ष सम्पर्कमा आएर फ्रन्टलाइनमा कार्यरत कर्मचारीको परीक्षण गरिएको हो । आज काठमाडौंबाट शुरु भएको परीक्षण सातै प्रादेशिक कार्यालयमा छिट्टै सञ्चालन गरिनेछ ।
कर्मचारीको मनोबल वृद्धि गर्न निगम सञ्चालक समिति सदस्यको समेत परीक्षण गरिएको उनले जानकारी दिए। गत वैशाख अन्तिम साता बसेको निगम सञ्चालक समितिको बैठकको निर्णयानुसार निगममा कार्यरत सम्पूर्ण कर्मचारी ‘करार अस्थायी, दैनिक ज्यालादारी सहित’ को रु एक लाख बराबरको कोरोना बिमा गरिसकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार