नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुग्याे
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार १५:१५:५६
९ जेठ, काठमाडौं । नेपालमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान थपिएका ३० जना कोरोना संक्रमणसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
कोरोना भाइरसको सङ्क्रमण आज ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा परीक्षणका क्रममा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा सङ्क्रमण भेटिएको बताए ।
नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, चितवन, भरतपुर महानगरपालिका–६ केशरबाघका ८४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन् । नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका वडा नं ३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीय महिला, कपिलवस्तु वाणगङ्गा नगरपालिका, महादेवी गाउँपालिका निवासी क्रमशः २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षीय पुरुष र आठ वर्षीया बालिका छन् ।
यसैगरी नयाँ सङ्क्रमितमा सर्लाही गोडैता नगरपालिका वडा नंं ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका वडा नं ७ निवासी २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया महिला छन् । नयाँ आज भेटिएका सङ्क्रमितसँगै अहिलेसम्म सङ्क्रमित ४८७ पुगेका छन् । बिहीबार मात्र ३० जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म कोभिड–१९ सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । उनका अनुसार सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार