कर्णालीमा भीडभाड कम गर्न टेलिफोनबाटै विशेषज्ञ सेवा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार १५:५१:४२
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
९ जेठ, सिँजा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा हुने भीडभाड कम गर्न टेलिफोनबाटै बहिरङ्ग विशेषज्ञ सेवा शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले उपचार सहज बनाउन टेलिफोन विशेषज्ञ सेवा शुरु गरिएको हो ।
अस्पतालमा आउनु नपर्ने र नसक्ने बिरामीका लागि सो सेवाको शुरुआत गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । अस्पतालमा आकस्मिक, बहिरङ्ग र शल्यक्रिया सेवा उपलब्ध छ । प्रतिष्ठानका कार्यरत कर्मचारी, बिरामी र समुदायको सुरक्षाका लागिसमेत सो सेवा प्रभावकारी हुने उनको भनाइ छ । हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा पूजनकुमार रोकायाले बिहान ८ देखि १० बजेसम्म मोबाइल फोनबाट बिरामीलाई सेवा दिइने जानकारी दिए ।
प्रतिष्ठानका अनुसार मेडिसन विशेषज्ञ डा धीरज गुरुङ बिहान ११ देखि ४ बजेसम्म, बालरोग विशेषज्ञ डा निराजना कासे बिहान १० देखि १२ बजेसम्म र स्त्री तथा प्रसूति रोगविशेषज्ञ डा राजीव साहले बिहान १० देखि १२ बजेसम्म सेवा दिने छन् । शल्यक्रिया विशेषज्ञ डा सूर्यमान लिम्बू र इमेरजेन्सी हटलाइनका लागि डा सिद्धार्थध्वज खातीले भने २४ सै घण्टा सेवा दिने अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुसी
असार २, २०८१ आइतबार
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार