रोल्पामा तीन हजार मात्र किट, क्वारेन्टिनमा बसेका परीक्षणविना नै घर फर्किए
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार १५:५७:३९
९ जेठ, रोल्पा । जिल्लामा दुई हजार ९६० आरडिटी किट आइपुगेको छ । जिल्लामा यसअघि विभिन्न क्वारेन्टिनमा बसेका आठ हजारभन्दा बढी परीक्षणविना नै घर फर्किएका थिए । घर फर्केका आठ हजारभन्दा धेरै र रोल्पामा अरु प्रवेश गर्नेहरुबाट पनि जोखिम उत्तिकै भएकाले जिल्लामा आवश्यकताभन्दा दुईतिहाइ किट कम आएको छ । स्वास्थ्य सुरक्षा र सञ्चारकर्मीको आरडीटी गर्नुपर्ने भए तापनि जिल्लामा किट थोरै मात्र भएकाले परीक्षण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।
“नौ हजारभन्दा धेरैको आरडीटी परीक्षण गर्नुपर्ने हो, सङ्घ, प्रदेशसँग समन्वय गर्दा पनि किट पाउन सकिएन’ ढकालले भने । जिल्लामा किट अभावमा अहिलेसम्म क्वारेन्टिनबाट फर्केका कसैको पनि आरडिटी गर्न नसकिएको जनाइएको छ ।उपलब्ध किट पछिल्लो समय कोरोना प्रभावित भारत र नेपालका विभिन्न स्थानबाट आएकामध्ये लक्षण देखिएकालाई आरडिटी गर्न शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले बताए ।
रोल्पामा जिल्ला बाहिरबाट आएका आठ हजार १२१ जना क्वारेन्टिनमा बसेर घर फर्किएका छन् । जिल्लामा भित्रिएकामध्ये अझै २८४ विभिन्न स्थानीय तहको क्वारेन्टिनमा बसिरहेका छन् । घर फर्केकामध्ये १६० जनाको मात्र आरडीटी गरिएको छ । बाँकी आठ हजार २४५ लाई सामान्य जाँच मात्र गरेर घर पठाइएको छ । रोल्पामा हालसम्म आठ हजार ४०५ जनाको आरडीटी गर्नुपर्ने देखिएको छ । सबै स्थानीय तहले आरडीटी किट अभावमा विनापरीक्षण घर पठाइएको जनाएका छन् ।
रोजगारीका सिलसिलामा जिल्ला बाहिर दाङ, रुपन्देही, कपिलवस्तु, बाँके, कास्की, पाल्पा, काठमाडौंलगायत ठाउँमा रही जिल्ला प्रवेश गरेकालाई स्थानीय सरकारले १४ दिन क्वारेन्टिनमा राखेर घर पठाएका हुन् । क्वारेन्टिनमा बसी घर फर्केका सबैको आरडिटी गर्नुपर्ने भए पनि किटका अभावमा सामान्य जाँच गरी घर फर्काइएकाले केहीमा कोरोना लक्षण देखिने हो कि भन्ने त्रासमा स्थानीयवासी रहेको थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार