राहदेव फर्निचर उद्योगमा आगलागी,१६ लाख बराबरको क्षति
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार १७:२४:४२
९ जेठ सिञ्जा । जुम्लाको हिमा गाउँपालिका–३ मोफ्लास्थित राहदेव फर्निचर उद्योगमा आगलागी भएको छ । आज बिहान ३ बजे फर्निचर उद्योगमा जडान गरिएको विद्युत् चुहिएर आगलागी भएको सञ्चालक हुकुम सार्कीले जानकारी दिए ।आगलागीबाट रु १६ लाख ११ हजार ३०० बराबरको क्षति पुगेको हो ।
राति आगलागी भएकाले भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको कल्पना सार्कीले बताए । चार वर्षदेखि उक्त उद्योग सञ्चालनमा थियो । मोफ्लावासीले कुटानी, पिसानी र काठ च्यात्नेदेखि सबै सेवासुविधा मिलबाट लिँदै आएका थिए । आगोले उद्योगमा निर्माण भएका फर्निचर एवं यन्त्र जलेर नष्ट भएको पीडित सार्कीलाई उद्धृत गर्दै सिञ्जा गाउँपालिका–३ धितालीका पूर्णप्रसाद धितालले जानकारी दिए ।
आगलागी भएपछि बड्की प्रहरीचौकी तथा स्थानीय बासिन्दाको सहयोगमा करीब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । फर्निचर उद्योगमा रहेका यन्त्र, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु १६ लाख ११ हजार ३०० बराबरको क्षति भएको हो ।
आगलागीबाट फर्निचरसँगै गोदामघर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडा जलेका हुन् । बड्की प्रहरी चौकीले क्षतिको मुचुल्का उठाइसकेको धितालले बताए । आर्थिकावस्था कमजोर भएका सार्कीलाई फर्निचर उद्योगमा आगलागी भएपछि परिवार पाल्न धौधौ हुने भएको छ ।
एकसरो लुगा र आम्दानीको प्रमुख स्रोत रहेको उद्योगमा आगलागी हुँदा अहिले बिजोग भएको छ । फर्निचरमा भएको क्षति हेरी वडा र गाउँपालिकाबाट सहयोगको आशा गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
असोज ३, २०८१ बिहिबार
बाटो पहिरो आएर भत्किँदा दुई दिनदेखि विद्यालय बन्द
भदौ २९, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार