कोरोना तीनैजना सङ्क्रमितको भरतपुरमा उपचार हुँदै
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार १८:२८:५६
९ जेठ, चितवन । भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार राति कोरोना भाइरस पोजेटिभ देखिएका तीनैजनालाई यहाँस्थित भरतपुर कोरोना विशेष ‘अस्थायी’ अस्पताल ल्याइएको छ ।
सो प्रयोगशालामा परीक्षण भएका १३१ जनामध्ये चितवनका दुई र नवलपरासीका एकजनामा पीसीआर परीक्षण पोजेटिभ देखिएको थियो । भरतपुर महानगरपालिका वडा नं ६ का वृद्ध दम्पत्तीमा पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यायले दिएको जानकारीअनुसार ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धामा पोजेटिभ देखिएको हो ।
उनीहरु दुवै जेठ ३ गते भारतबाट उपचार गरी फर्किएका हुन् । उनीहरुसँगै फर्किएका छोराको भने परीक्षण नेगेटिभ देखिएको छ । वृद्ध वृद्धा र सँगै फर्किएका छोरालाई आज बिहानै कोरोना अस्पताल ल्याइएको छ ।
यस्तै नवलपरासीका सङ्क्रमितलाई बिहानै सो अस्पताल ल्याइएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार ४५ वर्षीय ती पुरुष विनय त्रिवेणी नगरपालिका वडा नं ६ का हुन् । उनी जेठ १ गते भारतको गुजरातबाट आएका हुन् । उनका अनुसार आएलगत्तै उनलाई पश्चिम नवलपरासीको क्वारेन्टिनमा राखिएको थियो । उनलाई जेठ ६ गतेदेखि आफ्नै वडाको क्वारेन्टिनमा बसेका थिए ।
यही जेठ ७ गते बेलुका ज्वरो आएपछि उनी उपचारका लागि चोरमारा स्वास्थ्य केन्द्रमा ल्याएको उहाँले जानकारी दिए । पोजेटिभ देखिएलगत्तै उहाँलाई भरतपुर कोरोना अस्पताल पठाइएको हो ।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सङ्क्रमण देखिएका तीन र यसअघिका एक गरी चारैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार