जिल्ला अस्पताल खोटाङलाई विभागको स्थास्थ्य सामग्री
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार १९:३६:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/swasthya-mantralaya_4kD7hFf8Ck.jpg)
९ जेठ, खोटाङ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको स्वास्थ्य सामग्री बिहीबार जिल्ला अस्पताल खोटाङलाई हस्तान्तरण गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङलाई हस्तान्तरण गरे ।
स्वास्थ्य सेवा विभागले अस्पताललाई उपलब्ध गराउने गरी खोटाङबाट निर्वाचित सांसद भट्टराईमार्फत ५०० थान आरडिटी किट, ५०० थान पीसीआर किट, ५० थान पिपिइ, २० थान थर्मल गन, ५० थान सुकभर, ३० थान सेफ्टी चश्मा, ५० थान सर्जिकल क्याप, २० थान फेस सिल्ड, ५० थान एन–९५ मास्क, एक हजार थान नर्मल मास्क, १०० थान पञ्जा र स्यानिटाइजर १६ लिटर उपलब्ध गराएको थियो । जिल्ला एक मात्र अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री अभावमा कोरोना परीक्षणको काम नै रोकिएकाले सरकारले चीनबाट खरिद गरेर ल्याएको स्वास्थ्य सामग्री विभागमार्फत ल्याएर हस्तान्तरण गरिएको सांसद भट्टराईले बताए ।
दश स्थानीय तह रहेको जिल्लाको एक मात्र सरकारी अस्पतालमा कोरोना भाइरसको सङ्क्रमण परीक्षण गर्ने स्वास्थ्य सामग्री अभाव भएपछि तत्काल उपलब्ध गराउन सङ्घ तथा प्रदेश सरकारसमक्ष पटक–पटक माग गरिएको समन्वय समितिका संयोजक चाम्लिङले बताए । “अस्पतालमा आवश्यक सामग्री नहुँदा कोरोना परीक्षणको काम नै रोकिएको छ”, उनले भने, “स्वास्थ्य सेवा विभागले थोरै भएपनि स्वास्थ्य सामग्री उपलब्ध गराएसँगै परीक्षणको काम शुरु गर्ने तयारी गरेका छौँ ।”
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का केन्द्रीय सदस्यसमेत रहेका सांसद भट्टराईको पहलमा प्राप्त स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, अस्पतालका स्वास्थ्यकर्मीलगायतको उपस्थिति थियो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका स्थानीय तहले आ–आफ्नो क्षेत्रमा स्थापना गरेको कोरोना रोकथान तथा नियन्त्रण कोषमा जम्मा भएको रकमले स्वास्थ्य सामग्री खरिद गरेर परीक्षण गरिरहेका छन् ।
दश स्थानीय तह रहेको जिल्लामा राजधानी काठमाडौंबाट उद्धार गरेर ल्याइएका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लावासी त्रसित बनेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका २० वर्षीय युवक कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि उक्त नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएलगत्तै आइसोलेसनमा राखिएका युवकलाई उपचारका लागि मङ्गलबार एम्बुलेन्समार्फत विराटनगरस्थित कोरोना अस्पताल पठाइएको छ । उनको आठ जनाको परिवार, उनीसँगै बसमा यात्रा गरेर आएका व्यक्तिलगायत गरी ४३ जनाको पिसीआर परीक्षण गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
स्वाब परीक्षणमा पठाइएका उनीहरु सबैको रिपोर्ट आउन बाँकी रहेको नगर उपप्रमुख विमला राईले बताए । गत वैशाख–१२ गते राजधानी काठमाडौंबाट बा४ख २२११ नंको बसमार्फत उनीसँगै अन्य स्थानीय तहका व्यक्तिले समेत यात्रा गरेको अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुसी
असार २, २०८१ आइतबार
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार