नेपालमा ४८७ जनामा कोरोना सङ्क्रमण, तीन दिनमा ३३ घर फर्के
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार २०:५६:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal-corona_GsCzu2P07E.jpg)
९ जेठ, काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट निको भई अस्पतालबाट घर फर्किनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । तीन दिनमा ३३ जना सङ्क्रमित स्वस्थ भई घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार आजमात्र नेपालगञ्जका २१ जना बिरामी एकैपटक सङ्क्रमणबाट निको भई घर फर्किएका छन् । एकैपटक स्वस्थ भई फर्कनेमध्येको ठूलो हो । बुधबार कोशी अस्पतालमा आठ र बिहीबार चारजना काठमाडौंबाट कोरोनालाई पराजित गर्दै घर फर्किएका थिए । अहिलेसम्म ७० जना बिरामी पूर्णरुपमा निको भई घर फर्किसकेको सहप्रवक्ता डा अधिकारीले बताए । उनका अनुसार सङ्क्रमितको अस्पताल बसाइ औषत २० दिन ८ घण्टा रहेको छ ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचारपश्चात् घर फर्किएका मध्ये नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना रहेका छन् ।
बिहीबार काठमाडौंकी ३३ वर्षीया महिला, पर्साका ३७ वर्षीय पुरुष, भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीया पुरुष टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट नौ दिनमा घर फर्किएका थिए ।
बुधबार कोशी अस्पतालमा उपचार गराइरहेका उदयपुरका आठजना घर फर्किएका थिए । चीनको वुहानबाट आएका पहिलो सङ्क्रमित २२ दिन अस्पतालमा उपचार गराएर सञ्चो भएका थिए । गत माघ ९ गते सङ्क्रमण देखिएका उनी गत फागुन ३ गते घर फर्किएका थिए ।
यसैगरी दोस्रो सङ्क्रमित काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ २७ दिन उपचारपश्चात् घर फर्किएकी हुन् । गत चैत १० गते सङ्क्रमण देखिएकी उनीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भएको थियो । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले सङ्क्रमितमा दुई किसिमले पूर्णरुपमा स्वस्थ अवस्थामा घर फर्किने बताए ।
उनका अनुसार पहिलो ४८ घण्टामा दुईपटक कोभिड–१९ नेगेटिभ रिपोर्ट आएपछि र अर्को क्लिनिकल्लीरुपमा सङ्क्रमितमा कुनै समस्या नभएपछि मात्र घर फर्किइने छ । “सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भनेर सङ्क्रमितलाई आइसोलेशनमा राखिन्छ”, उनले भने, “कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमित पूर्णरुपमा स्वस्थ भएको हुन्छ ।”
उनका अनुसार खोकी, स्वासप्रस्वासमा समस्या नआउने, ज्वरो, थकाई नलाग्ने, पेट नदुख्नेजस्ता समस्या पूर्णरुपमा निको भएपछि सङ्क्रमितको कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट आएपछि मात्र घर फर्किइने छ । घर फर्किएपछि पनि सङ्क्रमितमा फेरि पनि सङ्क्रमण बल्झिने खतरा भएकाले घरमा एक्लै बस्नुपर्ने हुन्छ । उनले पूर्णरुपमा निको भई घर फर्किएपछि १४ दिनमा पुनः कोभिड–१९ परीक्षण गरिने बताए ।
“अहिलेसम्म हामीले बिरामीको लक्ष्यणका आधारमा औषधि चलाएका छौँ । गम्भीर औषधि चलाउनुपरेको छैन”, उनले भने, “ज्वरो, रुघाखोकी, पेट दुख्ने सामान्य प्रकारको औषधिबाट सङ्क्रमित निको भएका छन् ।” हालसम्म ४८७ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार
ताइवानको सीमा नजिक २४ चिनियाँ सैन्य लडाकु विमान
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार