“म बचे हाम्रो परिवार बच्छ, परिवार बचे पो समाज बच्छ”
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार २१:१६:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/coronavirus-1_O2k54ol7aY.jpg)
◊ हीरालाल गुरुङ
९ जेठ, मुग्लिन । “म बचे हाम्रो परिवार बच्छ, परिवार बचे पो समाज बच्छ” भन्दै एक युवक कोरोनाविरुद्ध मैदानमा ओर्लिएका छन् । जनतालाई घर–घरमा बस्न भनेर कोरोनाविरुद्ध सचेतना फैलाउँदै हिँड्ने ती युवक हुन्, चितवनको इच्छाकामना– ५ शान्ति बजारका हेमलाल श्रेष्ठ ।
उनी बिहानदेखि बेलुकासम्म विभिन्न स्थानमा पुगेर कोरोना सङ्क्रमणविरुद्ध सचेतना जगाउने कार्यमा खटिरहेका छन् । बिहीबार बिहान मुग्लिन बजारमा माइकिङ गर्दै एक्कासि एउटा पल्सर बाइक देखाप¥यो । घरमै बसेर कोरोनासम्बन्धी जानकारी माइकिङबाट सुन्न पाएपछि स्थानीयवासी दङ्ग परे । माइकिङमा कोरोना सङ्क्रमणबारे जनचेतनामूलक सूचना सन्देश प्रसारण भइरहेको थियो । यो सुनेर स्थानीयवासी घरबाटै कोही चाख मानेर सुनिरहेका थिए भने कोही अचम्म मानेर हेरिरहेका थिए ।
श्रेष्ठले बिहीबार दिनभर आफ्नै व्यक्तिगत खर्चमा चितवनको इच्छाकामना गाउँपालिकाभित्रका राजमार्गका मुख्य क्षेत्र रिग्दीखोलादेखि मौवाखोलासम्मका सम्पूर्ण राजमार्ग र भित्री सडकका साथै तनहुँको आँबुखैरेनी गाउँपालिका–४ का पुलजीप, अन्नपूर्ण, बेनिटार, शाखरलगायत क्षेत्रमा कोरोना भाइरसविरुद्ध जनचेतनामूलक सूचना सन्देश प्रसारण गर्दै माइकिङ गरेका थिए । अहिले उनको यो कार्यको चौतर्फी प्रशंसा भएको छ ।
चितवनको इच्छाकामना–५ मा रहेको शान्ति बजार टोल विकास संस्थाका अध्यक्षसमेत रहेका हेमलाल श्रेष्ठ गाडी चालक पनि हुन ।
कोरोना भाइरसबारे मानिस सचेत हुनुको सट्टा झन भीडभाड गर्दै असावधानी अपनाउन थालेकाले आफूले समाजमा चेतना फैलाउनका लागि सानो प्रयास गरेको श्रेष्ठले बताए । उनले भने, “समाजलाई कोरोना सङ्क्रमणबारे धेरथोर चेतना जगाउन सकिन्छ भनेर मैले यो काम गरेको हुँ, भीडभाड नहुने गरी लकडाउनमा रहेका नागरिकलाई घरमै बस्नका लागि कोरोनासम्बन्धी सचेतना पु¥याउने प्रयत्न मेरो हो ।”
“हामीले माइकिङ्ग गरेर जनचेतना फैलाइरहेका छौं”, श्रेष्ठले भने, “धेरै मानिस भिडभाड हुन नदिनका लागि लकडाउन पालन गर्न सूचनाहरु प्रवाह गरिरहेका छौं ।” “अरूलाई घरभित्र बस्नुस् भन्दै कोरोना रोकथामका लागि मैदानमा आएका छौं”, उनले भने, “अहिलेको मुख्य काम सङ्क्रमणबाट आम नागरिकलाई बचाउनु हो । यसैका लागि जोखिम मोलेर काम गरिरहेका छौं ।” गाउँपालिकालाई जानकारी गराएर आफैँले व्यक्तिगतरुपमा खर्च गरी माइकिङ गरिएको उनको भनाइ छ ।
श्रेष्ठले गरेको यो कामको प्रशंसा गर्दै निःस्वार्थरुपमा जनतामा चेतना फैलाउने काम गरेकामा इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले धन्यवाद दिए । कोरोनाविरुद्ध लड्न सबै नागरिकले आ–आफ्नो तर्फबाट सकेको सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
चितवनको इच्छाकामना–५ मा रहेको शान्ति बजार टोल विकास संस्थाका अध्यक्षसमेत रहेका हेमलाल श्रेष्ठ गाडी चालक पनि हुन । कुनैबेला गाडी चलाउँदै गर्दा सडकमा बोरामा पैसा भेटाएर प्रहरीमार्फत पैसा धनीलाई बुझाई इमान्दारितासमेत प्रस्तुत गरेका श्रेष्ठको त्यसबेला पनि निकै चर्चा भएको थियो । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशनिबार बुढानीलकण्ठ मन्दिर : भक्ति, शान्ति र परम्पराको जीवन्त चित्र
फागुन ३, २०८१ शनिबार
प्रेम दिवसमा फूलहरूसँगै खुसी डेलिभर: फाेटाे फिचर
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार