कपिलवस्तुमा काेराेना सङ्क्रमणकाे पुष्टि भएमध्ये दुई सञ्चारकर्मी !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार २१:२४:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-test_ArVVMdT7BU.jpg)
९ जेठ, कपिलवस्तु । कपिलवस्तुमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ६९ पुगेको छ । १० स्थानीय तह रहेको जिल्लाका सबै पालिकामा कोरोना देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार वाणगङ्गा र कपिलवस्तु नगरपालिका तथा मायादेवी गाउँपालिका गरी नौ जना सङ्क्रमित थपिएका हुन् । ती मध्ये वाणगङ्गाका पाँच, मायादेवीका तीन र कपिलवस्तुका एक रहेका छन् । मायादेवीका तीन र वाणगङ्गाका तीन सङ्क्रमित भारतबाट गत वैशाख २९ गते स्वदेश फर्किएका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
उनका अनुसार वाणगङ्गा–७ का ५३ वर्षीय, वडा नं ५ का २७ वर्षीय, वडा नं १० का २५ वर्षीय, वडा नं ८ का २४ वर्षीय पुरुष रहेका छन् । सङ्क्रमित सिद्धार्थ क्याम्पसको क्वारेन्टिनमा रहेको वाणगङ्गा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । सङ्क्रमितलाई आइसोलेसनमा राख्ने विषयमा नगरमा छलफल गरी व्यस्थापन गरिने उनले बताए । यस्तै वाणगङ्गा–४ की आठ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको छ । बालिका आफ्नै घरमा रहेको सो गाउँपालिकाले जनाएको छ ।
मायादेवी– ४ का ४५ वर्षीय, वडा नं ५ का ३४ र ३६ वर्षीय दुई पुरुष रहेका छन् । तीन सङ्क्रमितलाई जनता प्रावि गौरामा राखिएको छ । मायादेवीमा भोलिसम्म आइसोलेसन तयार गरी व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष बजरङ्गी चौधरीले जानकारी दिए। कपिलवस्तु नगरपालिका–३ मा २९ वर्षीय पुरुषलाई सङ्क्रमण देखिएको छ ।
दुई पत्रकार सङ्क्रमित
आज सङ्क्रमण पुष्टि भएमध्ये दुई सञ्चारकर्मी रहेका छन् । ती मध्ये वाणगङ्गाका २४ वर्षीय र कपिलवस्तु नपाका २९ वर्षीय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । सङ्क्रमित सञ्चारकर्मी सहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। ती सञ्चारकर्मी जिल्लामा रहेको क्वारेन्टिनको समाचार सङ्कलन गर्न फिल्डमा गएका समयमा सङ्क्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार वाणगङ्गा– ४ ठाकुरापुरमा आठ वर्षीया बालिकामा कोरोना सङ्क्रमण भएको छ । यसभन्दा अगाडि सोही स्थानकी छ वर्षीया बालिकामा कोरोना देखिएपछि यहाँ स्वाब सङ्कलन लिइएको थियो । त्यसमध्येबाट शुक्रबार थप एक बालिकामा सङ्क्रमण देखिएको हो ।
काठमाडौंमा उपचाररत बालिकालाई कोरोना देखिएपछि ठाकुरावासी र बालिकालार्ई काठमाडौं लैजाने चालकको पिसीआर परीक्षण गरिएको थियो । ती मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको वाणगङ्गाका स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । कपिलवस्तुका सबै पालिकामा कोरोना सङ्क्रमित देखिएका छन् ।
ती मध्ये यशोधरा गाउँपालिमामा १२, कपिलवस्तु नगरपालिकामा १०, महराजगञ्जमा नौ, कपिलवस्तु नगरपालिकामा नौ, बुद्धभूमिमा चार, शिवराज नगरपालिकामा तीन जना रहेका छन् । यस्तै मायादेवी गाउँपालिकामा ११, विजयनगरमा चार, शुद्धोधनमा दुई र वाणगङ्गा नगरपालिकामा छ रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार
ताइवानको सीमा नजिक २४ चिनियाँ सैन्य लडाकु विमान
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
फागुन ५, २०८१ सोमबार