नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार २२:३९:१९
९ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय नाघेको छ । आज थप थप २० जनामा संक्रमणको पुष्टि भएपछि संक्रमितको संख्या ५०७ पुगेको हो ।
कोरोना भाइरस सङ्क्रमण भएका थप २१ जना आज निको भई घर पर्किएका छन् । आज निको हुने सबै सङ्क्रमित बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइराखेका थिए । निको हुनेमा महिला नौ र पुरुष १२ रहेका छन् । योसँगै निको हुनेको सङ्ख्या ७० पुगेको छ । २० दिनको अस्पताल बसाइपछि उनीहरु आज घर जानुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
त्यसैगरी स्वास्थ्य मन्त्रालयले पछिल्लो समय १९ जनामा कोभिड–१९ बाट सङ्क्रमण भएको पुष्टि भएको छ । अहिलेसम्ममा नेपालमा सङ्क्रमितको सङ्ख्या ५०७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ । सङ्क्रमित हुने कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षका पुरुष रहेका छन् । डडेल्धुराका २८ र बैतडीका २२ वर्षका पुरुष रहेका छन् । बाँकेका १४ जना सङ्क्रमित भएका छन् । आज सङ्क्रतित हुने १८ देखि ६१ वर्ष उमेर समूहका रहेका र स्वास्थ्य अवस्था पनि सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म यो भाइरस सङ्क्रमण हुने जिल्ला ४० पुगेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । सरकारले हालसम्म पिसिआर विधिबाट ४२ हजार ४८८ को परीक्षण गरेको छ भने आरडिटीबाट ८२ हजार ११६ को परीक्षण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार