प्रदेशसभा सदस्यको पीसीआर प्रविधिबाट कोरोना परीक्षण
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शनिबार ०:३६:४१
९ जेठ , भक्तपुर । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा वागमती प्रदेशका प्रदेशसभा सदस्यको आज पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।
भक्तपुरबाट प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य शशीजङ्ग थापा, कृष्णलाल भडेल, सरस्वती बाटी, प्रतिमा श्रेष्ठ, रजनी जोन्छेको स्वाब सङ्कलन गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । वागमती प्रदेशमा प्रतिनिधित्व गर्ने विभिन्न जिल्लाका प्रदेशसभा सदस्य कुसुमकुमार कार्की, इन्द्र बनियाँ, राधा घले, मणिराम फुयाल, दीपेन्द्र श्रेष्ठ, विजय केसी, निमा लामा, प्रभात तामाङ, सीता अधिकारी, पुकार महर्जन, विजया केसीलगायतको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको नगर प्रमुख श्रेष्ठले बताए।
कोरोनाको सङ्क्रमण र जोखिम बढ्दै गएपछि प्रदेशसभा सदस्यको कोरोना परीक्षण गरिएको हो । कोरोनाको महामारीको बेलामा समेत मानवीय सेवामा समर्पित रहेको भन्दै भैरहवा निवासी ८१ वर्षीया खगिसरा घिमिरेले आरएनए १६ समूहका अरुण सैंजु र राजेश गाईजुलाई रु ५० हजारसहित विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
सरकारले लकडाउन गरेदेखि भक्तपुर अस्पतालमा नियमितरुपमा कोरोनाको परीक्षण एवं उपचारमा निरन्तर सघाउँदै आएका एवं कोरोनाबाट पहिलोपटक मृत्यु हुने सुत्केरी महिलाको शव धुलिखेल अस्पतालबाट पशुपति लगेर दाहसंस्कार गर्ने सैंजु र गाईजुले मानवीय सेवाको काम गरेको भन्दै सहयोग गरिएको हो ।
दिवङ्गत पति थानेश्वर घिमिरे र आफ्नै नाममा स्थापित स्वर–सरा घिमिरे प्रतिष्ठानको तर्फबाट सहयोग गर्दै उनले विपद्को घडीमा उनीहरुले उदाहरणीय काम गरेर देखाएकाले उनीहरुलाई प्रोत्साहन गर्न सहयोग गरेको जानकारी दिए ।
घिमिरेले एसियन फर्मा स्युटिकल्स र एनसिभीको समन्वयमा आठ थान पीपीई र ६० थान स्यानिटाइजरसमेत आरएनए १६ समूहलाई उपलब्ध गराए । फर्मा स्युटिकल्सका दिपेश प्रधान र एनटिभीका यादव गौतमले भक्तपुर सूर्यविनायकस्थित सेनाको वीरदल गणमा पुगेर समूहलाई नगद र स्वास्थ्य सामग्री हस्तान्तरण गरे । नेपाल स्काउटका रोबर लिडर गाईजू र स्काउट मास्टर सैंजुको समूहलाई वीरदल गणले आपत्कालीन शव व्यवस्थापनको तालीम दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
मन्त्रालयले एनआरएनएमा हस्तक्षेप होइन, सहजकर्ताको भूमिका खेल्छ : परराष्ट्रमन्त्री राणा
कात्तिक २१, २०८१ बुधबार
भक्तपुरको कमल पोखरीदेखि गोदावरी खोलासम्म छठका लागि झकिझकाउ, तयारी पूरा
कात्तिक २१, २०८१ बुधबार
कांग्रेसद्वारा उपनिर्वाचनका लागि जिम्मेवारी निर्धारण
कात्तिक २१, २०८१ बुधबार
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
कात्तिक २१, २०८१ बुधबार
मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुरमा एकजनाको मृत्यु
कात्तिक २१, २०८१ बुधबार
रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली
कात्तिक २१, २०८१ बुधबार