आइतबारदेखि धनकुटा अस्पताल सञ्चालनमा आउने
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शनिबार ४:५६:२५
९ जेठ, विराटनगर । धनकुटा अस्पताल आइतबारदेखि सञ्चालनमा आउने भएको छ । यही जेठ ४ गते कोरोना भाइरस सङ्क्रमण देखिएपछि जेठ ५ गते प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित सरोकारवालाको बैठकले जिल्ला अस्पताल सिल गर्ने निर्णय गरेको थियो ।
धनकुटाको अवस्था अहिले सामान्यतर्फ उन्मुख रहेकाले आइतबारदेखि अस्पताल सञ्चालन गर्ने निर्णय भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले बताए । जिल्ला अस्पताल सिल गरिएपछि मन्त्रालयले प्रदेश नं १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताको नेतृत्वमा सो अस्पतालको स्थलगत अध्ययन, कन्ट्याक ट्रेसिङ, टेष्टिङ, सिल गरिएको अस्पतालसम्बन्धी कार्ययोजना तय गर्न टोली पठाएको थियो ।
विज्ञ टोलीको सुझावअनुसार सामाजिक विकासमन्त्री घिमिरेसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा गुणराज लोहनी, स्वास्थ्य सेवा विभागका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डे, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक मेहता, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा मेहता, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका महामारी रोग विज्ञ डा।प्रज्वल प्याकुरेल, जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा पुजन विश्वकर्मा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाई, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि हरिकृष्ण भट्टराईसहितको अनलाइन बैठकले अस्पताल पूर्ववत्रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति सामाजिक विकास मन्त्रालयको संयोजनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय तहबाट उपलब्ध गराउने निर्णय भएको प्रवक्ता डा मेहताले बताए । धनकुटामा आजसम्म १८० जनाको थ्रोट स्वाब सङ्कलन गरिएकामध्ये सात जनाको कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितको अहिले कोशी अस्पतालमा कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
मन्त्रालयले एनआरएनएमा हस्तक्षेप होइन, सहजकर्ताको भूमिका खेल्छ : परराष्ट्रमन्त्री राणा
कात्तिक २१, २०८१ बुधबार
भक्तपुरको कमल पोखरीदेखि गोदावरी खोलासम्म छठका लागि झकिझकाउ, तयारी पूरा
कात्तिक २१, २०८१ बुधबार
कांग्रेसद्वारा उपनिर्वाचनका लागि जिम्मेवारी निर्धारण
कात्तिक २१, २०८१ बुधबार
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
कात्तिक २१, २०८१ बुधबार
मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुरमा एकजनाको मृत्यु
कात्तिक २१, २०८१ बुधबार
रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली
कात्तिक २१, २०८१ बुधबार