बेहोस अवस्थाकी सुत्केरीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शनिबार ५:५:८
९ जेठ, खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ की सुत्केरी ३२ वर्षीया गङ्गा कार्कीको हेलिकप्टरबाट उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनलाई खाँदबारी अस्पतालका अध्यक्ष सुमन शाक्यको पहलमा उद्धार गरिएको हो ।
उनी यही जेठ ४ गते जिल्ला अस्पतालमा सुत्केरी हुनलाई भर्ना भएका थिइन । कार्कीको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको भिडियो एक्सरेबाट थाहा पाएपछि यहाँ नसक्ने भन्दै जिल्ला अस्पतालबाट नोबेल अस्पताल विराटनगर सिफारिस गरिएको अस्पतालका निमित्त प्रमुख सुपरिटेण्डेन्ड डा सुन्दरश्याम झाले जानकारी दिए ।
उनका अनुसार, नोबेल अस्पतालमा अप्रेसन गरेर मरेको बच्चा निकालिएको थियो । त्यसपछि दुई हप्ता अस्पतालमा नै आराम गरेर बस्नुपर्ने चिकित्सकले सुझाव दिए पनि उनलाई बिहीबार बेलुकी सङ्खुवासभास्थित घर ल्याइएको थियो ।
घर आइपुग्ने बित्तिकै राति बिरामी परेपछि आज बिहानै जिल्ला अस्पताल खाँदबारी ल्याएको र बिरामी बेहोस अवस्थामा पुगेकाले अपराह्न हेलिकप्टरबाट काठमाडौं लगिएको हो । कार्कीलाई आज ४ः०० बजे चिकित्सकको सल्लाहमा काठमाडौंको थापाथलीस्थित प्रसूति गृह पठाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली
कात्तिक २१, २०८१ बुधबार
चुनावी जितपछि ट्रम्पसँग मिलेर काम गर्ने विश्व नेताहरूको प्रतिबद्धता
कात्तिक २१, २०८१ बुधबार
नेपाल विश्वविद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् : उपप्रधानमन्त्री पौडेल
कात्तिक २१, २०८१ बुधबार
नेपालको ऊर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धिमूलक : ऊर्जामन्त्री
कात्तिक २१, २०८१ बुधबार
मानव सेवा आश्रमको मेची–महाकाली अभियान पोखरामा, सात जनाको उद्धार
कात्तिक २१, २०८१ बुधबार
तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन
कात्तिक २१, २०८१ बुधबार