बैतडीमा आइसोलेसन र क्वारेन्टिनको सङ्ख्या थपिने
नेपालबहस संवाददाता
जेठ १०, २०७७ शनिबार १५:८:४२
◊ विनोदसिंह विष्ट
१० जेठ, बैतडी । बैतडीमा आइसोलेसन र क्वारेन्टिनको सङ्ख्या थपिने भएका छन् । भारतमा रहेका यहाँका नागरिक फर्कन इच्छुक रहेकाले मापदण्ड पूरा गरी स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिनको सङ्ख्या बढाउने निर्णय भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । भारत तथा सीमापारीका नेपालीको पालिकास्तरीय तथ्याङ्क सङ्कलनसमेत गरिने भएको छ ।
जिल्लामा हाल एक हजार ९०५ श्यया ‘बेड’का क्वारेन्टिन र ३२ आइसोलेसनकक्ष छन् । एक स्थानीय तहमा कम्तीमा पाँच श्ययाको आइसोलेशन र जिल्लाभरी कम्तीमा क्वारेन्टिन तीन हजार श्ययाको पु¥याइने निर्णय भएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सङ्घीय सरकारले खटाएका तीन चिकित्सकको समयावधि सकिएर फर्किसकेकाले कोरोनाको बढ्दो अवस्थालाई मध्यनजर गरी सम्बन्धित निकायलाई पुनः खटाउन अनुरोध गर्नेसमेत निर्णय भएको उनले बताए ।
बैतडीका क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी र समाचार सङ्कलनका लागि गएका पत्रकारको आरडिटी गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहजीरकण गर्दै शव परीक्षण गर्नुपर्ने वा कोरोना प्रभावित बिरामीको ओसारपसारमा सहजता प्रदान गर्न वा कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न आवश्यक सवारी साधन परिचालन र व्यवस्थापनको जिम्मा जिल्ला समन्वय समितिलाई दिने निर्णय पनि भएको छ ।
सङ्क्रमित सिसीटिभीको निगरानीमा
कोरोना सङ्क्रमितलाई सिसीटिभीको प्रत्यक्ष निगरानीमा राखिएको छ । जिल्ला अस्पतालको आइसोलेसनकक्षमा उपचाररत सङ्क्रमितलाई सिसीटिभीको निगरानीमा राखिएको हो । जिल्लाको शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय ती युवकलाई शुक्रबार कोरोना पुष्टि भएको थियो । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका उनी प्रहरी कार्यालयको हिरासतमा थिए । कोरोना पुष्टि भएपछि ती युवकलाई सुरक्षाको दृष्टिकोण र निर्देटिकाअनुसार सिसीटिभीको निगरानीमा राखिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए ।
सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा जान नसकिने भएकाले उनको स्वास्थ्यमा कुनै थप समस्या भए÷नभएको पनि सिसीटिभीबाट हेर्न सहज हुने उनले बताए । यसका साथै सङ्क्रमितलाई टेलिफोन सेवा पनि उपलब्ध गराइएको छ । स्वास्थ्यमा सामस्याका साथै कुनै काम परेपछि चिकित्सकसँग सम्पर्क गर्न सहज होस् भनेर टेलिफोन सेवा उपलब्ध गराएको अस्पतालले जनाएको छ ।
युवती हत्याको आरोपमा गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका ती युवक चैत ६ गते भारतको दिल्लीबाट आएको खुल्न आएको छ । चार दिन अगाडि स्वाब सङ्कलन गरी सेती प्रादेशिक अस्पतालमा परीक्षण गर्दा ती युवकमा पिसीआर पोजेटिभ देखिएको हो । सङ्क्रमित युवकको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।
यसैबीच जिल्ला अस्पताल बैतडीको आइसोलेसनकक्षमा हाल तीन जना भर्ना रहेका छन् । सङ्क्रमित युवक, युवककी १९ वर्षीया बहिनी र दोगडाकेदार गाउँपालिका–१ का २५ वर्षीय युवकलाई आइसोलेसनमा भर्ना गरिएको हो । सङ्क्रमित युवकसँगै थुनामा रहेकी युवककी बहिनीको पनि थ्रोट स्वाब सङ्कलन गरी भर्ना गरिएको डा जोशीले जानकारी दिए । शिवनाथ गाउँपालिका–४ की १९ वर्षीया गीता महरको मृत्यु प्रकरणमा दुवै पक्राउ परेका थिए ।
आइसोलेसन भर्ना भएका अर्का युवक एक हप्ता अगाडि सिन्धुपाल्चोकबाट घर आएका र बान्ता हुने, रिङ्गटा लाग्ने समस्या आएपछि आइसोलेसन भर्ना गरिएको थियो । दुवै जनाको स्वाब सङ्कलन गरी सेती प्रादेशिक अस्पताल पठाइएको भए पनि रिपोर्ट आउन बाँकी छ ।
जिप्रका शिल
बैतडीमा थुनामा रहेका एक युवकमा कोरोना सङ्क्रमण भेटिएपछि उनको प्रत्यक्ष सम्पर्कमा रहेका प्रहरी र अन्यको स्वाब सङ्कलन गरिने भएको छ । प्रहरी हिरासतमा रहेका युवकमा कोरोना पोजेटिभ देखिएपछि शुक्रबारदेखि नै जिल्ला प्रहरी कार्यालय शिल गरिएको छ । सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको स्वाब सङ्कलन गरेर परीक्षणका लागि धनगढी पठाइने डा जोशीले जानकारी दिए ।
कन्टयाक्ट ट्रेसिङको काम भइरहेको र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको आज स्वाब सङ्कलन गरिने उनले बताए । पहिलो चरणमा सङ्क्रमित युवकसँग बढी सम्पर्कमा रहेका व्यक्तिको थ्रोट स्वाब सङ्कलनको तयारी भएको हो । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी, सङ्क्रमित युवकको घरका मानिस र अन्य सम्पर्कमा आएका व्यक्तिको पहिलो चरणमा स्वाब सङ्कलन गरिनेछ । उनीहरुको स्वाब परीक्षणका लागि धनगढी पठाइने डा जोशीले बताए । जिल्लामा पहिलो सङ्क्रमित भेटिएपछि कोरोनाको त्रास पनि बढेको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
तोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार