मनमोहनमा भर्ना भएकी एक महिलामा संक्रमण, कन्ट्याक ट्रेसिङ सुरु
नेपालबहस संवाददाता
जेठ १०, २०७७ शनिबार २१:२३:४३
१० जेठ, काठमाडौं । उपचारका लागी भर्ना भएकी महिलामा काेराेना संक्रमण भेटिएपछि मनमोहन सेन्टरमा कन्ट्याक ट्रेसिङ सुरु भएकाे छ । चिकित्साशास्त्र अध्ययन संस्थान ‘आइओएम’को मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएकी एक महिलामा संक्रमण भेटिएपछि कन्ट्याक ट्रेसिङ सुरु भएको हाे ।
मनमोहन अस्पतालमा जेठ ६ गते भर्ना भएकी हेटौडाकी एक ५४ वर्षे महिलामा शुक्रबार साँझ कोरोना पोजेटिभ देखिएको थियो। लगत्तै ति महिलालाई गणेशमानसिंह भवनको कोभिड वार्डमा सारिसकेको छ।
महिलासंगै उपचाररत वार्डमा कार्यरत चिकित्सक नर्स, बिरामी र तिनीहरुको आफन्तलाई कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर रञ्जन सापकोटाले बताए । डाक्टर सापकोटाका अनुसार क्याथल्याबसहित कार्डियोलोजी सेवा अर्को सूचना नआउज्जेलको लागि स्थगित गरिएको छ भने संक्रमितसंगै वार्डमा राखिएका बिरामीलाई सेपरेट गरिएको छ।
अहिले स्वास्थ्यकर्मी, बिरामी र कुरुवाहरु सबै गरेर कम्तीमा ३० देखि ४० जनासम्म संक्रमितको प्राइमरी र सेकेण्डरी सम्पर्कमा आएको हुन सक्ने अस्पतालले बताएकाे छ । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका विज्ञ चिकित्सक, महाराजगञ्ज क्याम्परको पब्लिक हेल्थ एक्सपर्ट र अस्पतालकै चिकित्सकहरु मिलेर कन्ट्याक ट्रेसिङ सुरु गरेको डाक्टर सापकोटाले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
तोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार