कोरोना सङ्क्रमित जनप्रतिनिधिको बस्ती शिल, प्रत्येक घरमा परीक्षणकाे तयारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ १०, २०७७ शनिबार २१:२७:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/seal-sil-banda_pAe5vh9Fup.jpg)
१० जेठ, भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पीसीआर परीक्षणमा कोरोना सङ्क्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती शिल गरिएको छ । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वाब सङ्कलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलाको स्वाब सङ्कलन गरी भक्तपुर अस्पतालमार्फत टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा पठाइएको थियो ।
प्रयोगशालामा भएको परीक्षणको शुक्रबार राति सार्वजनिक भएको नतिजामा कोरोना पोजेटिभ आएपछि आज बिहान प्रहरीको टोलीले महिला जनप्रतिनिधि बस्ने भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रह्मायणी जाने सडकको मालपोत कार्यालय क्षेत्र आसपासका १८ घर रहेको बस्ती सिल गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
सङ्क्रमित महिलाले शुरुमा अस्पताल नगई घरमै बस्छु भने पनि पछि नगरपालिकाका अन्य जनप्रतिनिधि र प्रहरीको आग्रहमा उनलाई राति पाटन अस्पतालको आइसोलोशनमा लगिएको बताइएको छ । टेकु अस्पताल लैजाने तयारी गरिए पनि सङ्क्रमित महिला मुटु रोगको समेत बिरामी भएकाले पाटन अस्पताल लगिएको हो ।
विगतमा स्वास्थ्य स्वयंसेविका समेत रहेकी सङ्क्रमित महिला नगरपालिकाको बैठक, पार्टीको गतिविधि, राहत वितरणदेखि कोरोना सङ्क्रमणबाट कसरी बच्ने र बचाउने भन्नेबारेमा स्थानीय टोल टोलमा जनचेतनासमेत फैलाउँदै हिँड्ने गरे पनि आफैँ कोरोना सङ्क्रमित भएको स्थानीयवासीको भनाइ छ ।
यसअघि मुटुको शल्यक्रिया गरिसकेको उनी स्वास्थ्य परीक्षणका लागि पटक पटक अस्पताल जाने गरेको र अस्पतालबाट वा समुदायमा विभिन्न गतिविधिमा हिँड्ने भएकाले समुदायबाटै पनि सङ्क्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । सङ्क्रमित महिलाको परिवारको अन्य सदस्यलाई निगरानीमा राखेर आजै स्वाब सङ्कलन गर्ने तयारी गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । वडा अध्यक्षलगायत अन्य जनप्रतिनिधिलाई भने आफ्नै घरमा क्वारेन्टाइनमा बसेका छन् ।
जनप्रतिनिधिमा नै कोरोना भाइरस सङ्क्रमण पाइएपछि भक्तपुर नगरपालिका क्षेत्र जोखिम क्षेत्रमा परेको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर नगरपालिकाको समुदायस्तरमै कोरोना भाइरस जोखिम बढेकाले जतिसक्दो छिटो परीक्षण बढाउनुपर्ने आवश्यकता रहेकाले नगरपालिकासग यसबारेमा छलफल भइरहेको उनको भनाइ थियो ।
प्रजिअ पाण्डेले भने, “भक्तपुर नगरपालिका क्षेत्रभित्र कोरोना सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्का गरेका छौँ, त्यसैले लकडाउनलाई कडाइ गर्दै प्रत्येक घरको कम्तीमा एकजनाको स्वाब सङ्कलन गरी परीक्षण गर्नेबारेमा नगरपालिकासँग छलफल भइरहेको छ ।” लकडाउन कडाइ गर्दै घरबाट बाहिर निस्कन नदिने अवस्थामा पानी तथा खाद्यान्नलगायतका अत्यावश्यक सामग्री भने टोल टोलमा पु¥याएर केही समय कडाइ गरी परीक्षणको दायरा फराकिलो पार्न सकिने उनको भनाइ थियो ।
सङ्क्रमित महिला जनप्रतिनिधिकै वडा कार्यालयमा काम गर्ने सचिवको आरडिटी पोजेटिभ देखिए पनि पीसीआर भने नेगेटिभ आएको छ । महिला जनप्रतिनिधिसँगै भक्तपुरको स्थानीय समुदायमा दुई र बाहिरी जिल्लाबाट आएर बस्ने दुई गरी चारजनामा सङ्क्रमणको पुष्टि भएको छ । यद्यपि भक्तपुरमा पहिलोपटक कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका दुवाकोटका सशस्त्र प्रहरी जवान र मध्यपुरथिमि साथीकोमा बस्ने महिला स्वास्थ्य कर्मचारी भने आइसोलेशनमा उपचारपछि डिस्चार्ज भएका छन् । त्यस्तै काठमाडौँ महानगरपालिकाको फोहर सङ्कलन गर्ने सवारी चालक भक्तपुर–५ योसिंखेलका सङ्क्रमित हुन् । योसिंखेलमा ३५ घरमा गरिएको सिल खुलेको छैन । सङ्क्रमितको घरपरिवारका १२ जनाको कोरोना भाइरस परीक्षण गरिए पनि रिपोर्ट आएको छैन ।
नगरपालिकाको दुईवटा टोलमा कोरोना सङ्क्रमण पुष्टि भए पनि नगरपालिकाभित्रका नागरिक भने अझै पनि लकडाउन उल्लङ्घन गर्ने गरेको, बजारमा बिहान दैनिक भीड लाग्ने गरेको छ । यसलाई नगरपालिका र प्रहरीले रोक्न नसकेको गुनासो बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार