सरकार काेराेना परीक्षणको दायरा बढाउँदै, संक्रमित दिनदिनै बढ्दै
नेपालबहस संवाददाता
जेठ १०, २०७७ आइतबार ०:३५:१
१० जेठ, काठमाडौं । सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन परीक्षणको दायरा बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट कूल ४५ हजार ९५७ परीक्षण गरिएको छ । यस्तै आरडीटी विधिबाट ८६ हजार २३५ परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन हजार ४९४ र आरडिटी विधिबाट चार हजार ११९ परीक्षण भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रदेशगत आधारमा प्रदेश नं १ मा १० हजार १६९, प्रदेश नं २ मा छ हजार ३०८, वाग्मती प्रदेशमा २१ हजार ७१२, गण्डकी प्रदेशमा सात हजार ७०१, प्रदेश नं ५ मा ११ हजार ४८९, कर्णाली प्रदेशमा नौ हजार ३९ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ८१७ जनाको आरडीटी परीक्षण गरिएको छ ।
क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ३२ हजार ५८७ छन् । त्यसमा प्रदेश नं १ मा एक हजार ४६१, प्रदेश नं २ मा छ हजार ९१०, वाग्मती प्रदेशमा ५३५, गण्डकी प्रदेशमा ७७९, प्रदेश नं ५ मा १७ हजार १३०, कर्णाली प्रदेशमा एक हजार ६७० र सुदूरपश्चिम प्रदेशमा चार हजार १०२ रहेका छन् ।
आइसोलेशनमा रहेकाको सङ्ख्या ५०८ रहेको छ । प्रदेश नं १ मा ६०, प्रदेश नं २ मा १६६, वाग्मती प्रदेशमा २२, गण्डकी प्रदेशमा तीन, प्रदेश नं ५ मा २४७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा नौ जना रहेका छन् । यस्तै कोरोनालाई जितेर घर फर्कनेको सङ्ख्या ७० रहेको छ ।
पछिल्लो २४ घण्टामा ७०८ जनाले मन्त्रालयले सञ्चालनमा ल्याएको वेबपेज र एपमा मात्रै ७०८ जनाले आफ्नो विवरण भरेका छन् । सो विवरण भर्नेमा पाँच जना रेड जोनमा परेका छन् । रेड जोनमा परेकाको जाँच पड्ताल शुरु गरिसकिएको प्रवक्ता डा देवकोटाले जानकारी दिए । उनका अनुसार हालसम्म एप र वेब पेजमा विवरण भर्नेको सङ्ख्या ४७ हजार ९६९ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
तोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार