मकैमा फौजी कीराको प्रकोप, पर्वतका कृषक चिन्तित
नेपालबहस संवाददाता
जेठ ११, २०७७ आइतबार १७:५९:३६
११ जेठ पर्वत । पर्वतका अधिकांश क्षेत्रमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएको छ । जिल्लाको जलजला गाउँपालिकास्थित धाइरिङ, नाग्लीवाङ, मल्लाज, विहादी गाउँपालिकाको वहाकीठाँटी, रानीपानी, बर्राचौरलगायतका क्षेत्रमा फौजी किराले मकैबालीमा क्षति पु¥याएको हो । मकै गोड्ने बेलामा किराले आक्रमण गरेर क्षति पु¥याउन थालेको स्थानीय कृषकले जानकारी दिएका छन् ।
पछिल्लो एक हप्तादेखि मकैखेतीमा किराको आक्रमण बढेको जलजला गाउँपालिका–७ धाइरिङका कृषक नवराज आचार्यले बताए । उनले किराले पात हुँदै बोटमा आक्रमण गरेपछि बोट मर्ने समस्या देखिएको जानकारी दिए । उनका अनुसार विगत दुई हप्तादेखि मकैमा किराको आक्रमण बढेको हो । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले सल्यानगाउँमा देखिएको सङ्क्रमण अहिले बढ्दो क्रममा रहेको बताए । मल्लका अनुसार कृषि प्राविधिकसँग बुझ्दा मकैमा देखिएको सङ्क्रमण फौजी किराको आक्रमण हो ।
जिल्ला कृषि ज्ञान केन्द्र पर्वतले स्थलगतरूपमा अनुगमन गरेर मकैमा अमेरिकी फौजी किराको प्रकोप फैलिएको ठहर गरेको जानकारी दिएको छ । ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले कृषकको खेतमै पुगेर रोगको पहिचान गरिएको बताए । रेग्मीका अनुसार जलजलामा करिब १५ रोपनी खेतको मकैमा किराको आक्रमण फैलिएको र प्रकोप बेलैमा नियन्त्रण गर्न नसके धेरै क्षेत्रमा फैलिने खतरा छ ।
दक्षिण पर्वतको बिहादी गाउँपालिकामा पनि किराले बालीमा क्षति भएको गुनासो आएकाले प्राविधिकलाई परीक्षणका लागि पठाएको रेग्मीले बताए । विहादी गाउँपालिका–४ सहित जिल्लाको दुई हजार हेक्टर मकै लगाइएको क्षेत्रफलमा असर पु¥याएको छ । स्थानीय कृषक दीपक भुसालले यसको रोकथाम गर्न गाउँपालिका र कृषिसम्बन्धी निकायलाई अनुरोध गरिएको बताएका छन् ।
कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार गत वर्ष फलेवास नगरपालिका–४ मुडिकुवामा कृषकले रोपेको बेमौसमी मकै खेतीमा यो रोगको प्रकोप देखिएको थियो । गत वर्ष अरु ठाउँमा रोग नदेखिए पनि यस वर्ष भने ठूलो क्षेत्रमा रोग देखिएकाले कृषकसँगै कृषि प्राविधिकसमेत चिन्तामा परेका छन् । ज्ञान केन्द्रका प्रमुख रेग्मीले कृषकलाई रोग नियन्त्रणका लागि आवश्यक घरेलु विधि र विषादीको बारेमा जानकारी दिने काम भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादनको अध्ययन
मंसिर २७, २०८१ बिहिबार
किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
मंसिर २७, २०८१ बिहिबार
सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार