चिकित्सकसहित कर्मचारी क्वारेन्टिनमा, स्वाब सङ्कलन शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ११, २०७७ आइतबार १९:२३:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/swab_MUi4GDoiP6.jpg)
११ जेठ, हेटौँडा । एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि यहाँ थप उच्च सतर्कता अपनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हेटौँडा–४ की ५४ वर्षीया महिलामा कोरोना सङ्क्रमण भएको प्रेश विज्ञप्ति मार्फत जनाएको थियो । जोखिम हुन नदिन प्रशासनले लकडाउन पालनमा थप कडाइ समेत गरेको छ ।
बिहान ६ देखि ९ बजेसम्म बजार खुले पनि किनमेल गर्नेको कमी देखिएको छ । छिमेकी जिल्ला बारा र पर्सामा कोरोना देखिसकेको छ । हेटौँडा अस्पतालका पाँच जना चिकित्सकसहित २२ जनालाई क्वरेन्टिनमा राखिएको छ ।
अस्पताल समितिको बसेको बैठकले एक हप्ता अगाडि ती महिलाको उपचार गरेका कारण अस्पतालका चिकित्सकसहित कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र स्वाब सङ्कलन शुरु भएको अस्पतालका डा हरिबहादुर खड्काले जानकारी दिए ।
अस्पतालका १५० मध्ये ६६ जनाको स्वाब सङ्कलन गरी हेटौँडास्थित किटजन्य रोग अनुसनधान तथा तालिम केन्द्र पठाइएको छ । फोर्सटी कलेजका प्राध्यापक दामोदर गैरेले कोरोनाको जोखिम हुन नदिन समाजिक दूरी कायम गर्न, घरमै बस्न आग्रह गरे ।
वाग्मती प्रदेश प्रहरी कार्यालयले जथाभावी हिँडडुल गर्ने व्यक्ति, निजी तथा सार्वजनिक सवारी साधनलाई कारवाही गर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार