नरैनापुरमा सङ्क्रमण फैलिने र अवस्था भयावह हुने सम्भावना
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ११, २०७७ आइतबार २०:१८:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/Narainapur_CS2fVvlOL5.jpg)
११ जेठ, बाँके । नरैनापुर गाउँपालिकामा ११४ कोरोना सङ्क्रमित देखिएपछि स्थानीय सरकारले गुहार मागेको छ । गाउँपालिकाले शनिबार तीन तहका सरकार र सरोकार राख्ने निकायलाई पत्राचार गर्दै तत्काल उच्चस्तरीय चिकित्सकटोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारलाई आग्रह गरेको छ ।
गाउँपालिकाले क्वारेन्टिनबाट समुदायस्तरसम्म सङ्क्रमण फैलिने र अवस्था भयावह हुने सम्भावना देखिएकाले स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिन बाँके प्रशासनमार्फत सङ्घीय र प्रदेश सरकार, जिल्ला सुरक्षा समिति र कोभिड–१९ सङक्रमण नियन्त्रण तथा व्यवस्थापन समितिको ध्यानाकर्षण गराउँदै पत्राचार गरेको हो । नरैनापुरमा एकको मृत्यु समेत भइसकेको छ ।
उच्चस्तरीय चिकित्सकटोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । सङ्क्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिले उक्साउने र कोरोना भाइरसबारे भ्रम सिर्जना गरी स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र सङ्क्रमित भगाउने जस्ता क्रियाकलाप गरिरहेकाले सङ्क्रमण समुदायस्तरमै फैलिन सक्ने गाउँपालिकाले अनुमान गरेको छ ।
तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गरी नियन्त्रण कार्यलाई अघि बढाउने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिइएको बोधार्थपत्रमा लेखिएको छ । नरैनापुरमा कोरोना सङ्क्रमितलाई भगाउनेहरु सक्रिय रहेकाले सुरक्षाको माग गर्नुपरेको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिए । नरैनापुर नेपालमा कोरोना सङ्क्रमित सबैभन्दा बढी हुने स्थानीय तह बनेको छ । यहाँका क्वारेन्टिनमा भारतबाट नेपाल भित्रिने क्रम जारी छ ।
शिक्षा र चेतनाको कमीका कारण क्वारेन्टाइनमा कोभिड–१९ प्रतिको धारणा र अन्धविश्वासले पनि समस्या निम्त्याएको प्रमुख प्रशासकीय अधिकृत खरालले ध्यानाकर्षणपत्रमा उल्लेख गरे। भारतका कोरोना अतिप्रभावित क्षेत्रबाट अझै हजारौंँ मानिस आउन सक्ने भएकाले जोखिम झन् बढ्न सक्ने गाउँपालिकाको ठहर छ ।
नरैनापुरको छोटी नाकाबाट भित्रिन सहज छ । बाँके प्रहरीले राति गस्तीसमेत बढाएर भारतबाट आउनेलाई चोरी नाकाबाट आउन नदिने रणनीति बनाएको छ । ‘आँगन’ नै दशगजा रहेको यो पालिकाको धेरै गाउँबाट मानिस प्रवेश गरिरहेका छन् । गाउँपालिकाले लुकिछिपी गाउँमा कोही नबसून्, सबै क्वारेन्टाइनमा बसून् भन्ने नीति लिएर भारतबाट आएकालाई भ्याएसम्म क्वारेन्टिनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताए । भारतका महाराष्ट्र र दिल्लीबाट यहाँ मानिस ओइरिरहेका छन् । यस गाउँपालिकामा मात्रै हालसम्म ८०० जना क्वारेन्टिनमा छन् ।
राप्तीसोनारीमा सतर्कता
पहिलो कोरोना सङ्क्रमित फेला परेपछि बाँकेको राप्तीसोनारी गाउँपालिकामा सर्तकता बढाइएको छ । राप्तीसोनारीका ९ वडामा सर्तकता बढाइएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । भारतको महाराष्ट्रस्थित ‘नासिक’ भन्ने ठाउँबाट फर्केका राप्तीसोनारी –९ का १८ वर्षीय युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगञ्जमा भर्ना भइरहेका अवस्थामा प्रयोगशालामा कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको हो । राप्तीसोनारी–९ का वडाध्यक्ष महावीर ओलीका अनुसार ती युवक यही जेठ ७ गते जमुनाह नाका हुँदै नेपाल प्रवेश गरेका थिए ।
उनीसहित वडाका चार जनालाई राप्तीसोनारी–९ शम्शेरगञ्जस्थित गणेश माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको छ । उक्त क्वारेन्टिनमा हाल ६ जना बसिरहेका छन् । सीमा प्रवेश गरेकै दिन ती युवकलाई ज्वरोको लक्षण देखिसकेको थियो । ‘ज्वरोले च्यापेपछि जेठ ८ गते उनलाई एम्बुलेन्सबाट भेरी अस्पतालमा पठायौं, अस्पतालमै रहँदा उनको स्वाब परीक्षणपछि कोरोना भाइरस पोजेटिभ देखियो,’ वडाध्यक्ष ओलीले भने ।
कोरोना सङक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । युवकमा कोरोना पोजेटिभ देखिएलगत्तै अन्य व्यक्तिको पनि कन्टयाक्ट टे«सिङमार्फत स्वाब संकलन गर्न आग्रह गर्दा हालसम्म नभएको वडाध्यक्ष ओलीको गुनासो छ । उनले भने, ‘युवकमा कोरोना पोजेटिभ देखिएपछि अन्य व्यक्तिको पनि स्वाब संकलन गरिदिन आग्रह गर्दा सुनुवाइ भएको छैन ।’
शुक्रबारसम्म भारतबाट फर्केर आएका १४० जनालाई गाउँपालिकाका सात क्वारेन्टिनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । ‘क्वारेन्टिनमा रहेका सबै भारतबाट फर्किएका हुन्, अझै फर्किनेक्रम चलिरहेको हुँदा सङ्ख्या बढ्ने देखिन्छ’, उनले भने । क्वारेन्टिनमा रहेका व्यक्तिलाई सरकारी निर्देशिकानुसार व्यवस्थापन गरिएको उनले बताए ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले शुक्रबार कोरोना सङ्क्रत्रमण पुष्टि भएका नरैनापुर –३ का १३ जनाजनालाई लायन्स डेन्टल अस्पताल नेपालगञ्ज र राप्तीसोनारी गाउँपालिका–९ का सङ्क्रमितलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसनमा राखिएको जानकारी दिए ।
राप्तीसोनारी–७ मा बिहीबार संकलित ४६ जनाको स्वाबको रिपोर्ट भने अझै आएको छैन । भेरीको प्रयोगशालामा चाप बढेपछि उक्त स्वाब परीक्षणका लागि दाङको घोराही लगिएको छ । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री र स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद चुडाली स्वाब दाङ पु¥याएर फर्किएका थिए।
प्रत्येक वडामा आइसोलेशन
शुक्रबार मात्रै राप्तीसोनारीमा पहिलो पटक १८ वर्षीय युवकमा कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिकाले ‘एक वडा, १० बेडको आइसोलेसन’ बनाउने योजना अघि सारेको छ । योजनानुसार गाउँपालिकाका प्रत्येक वडामा कम्तीमा १०÷१० शय्याको आइसोलेशन अस्पताल बनाइने भएको छ । मजदूरीका लागि भारत गएका गाउँपालिकाका नागरिक भारतका कोरोना अतिप्रभावित क्षेत्रबाट आइरहेकाले कोरोना पोजेटिभ देखिन सक्ने अवस्थालाई ध्यानमा राखेर आइसोलेशन केन्द्र बनाउने निर्णयसँगै निर्माण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष थारुले जानकारी दिए ।
उनका अनुसार कोरोना पोजिटिभ देखिएका तर स्वास्थ्यवस्था सामान्य रहेकालाई राख्न हरेक वडामा कम्तीमा १० शय्याको आइसोलेशन सेन्टर स्थापना गर्न चाहेमा नजीकका दुई वा सोभन्दा बढी वडाले आपसी समन्वयमा एक वडामा क्वारेन्टाइन र अर्को वडामा आइसोलेशन सञ्चालन पनि गर्न सक्नेछन् । सम्बन्धित वडामा पोजेटिभ देखिएका बिरामीलाई सोही वडाभित्रको आइसोलेशनमा व्यवस्थापन गर्ने निर्णयानुसार काम अघि बढेको छ ।
गाउँपालिकाले वडाभित्रका बिरामी थपिन सक्ने अवस्था आएमा १० शय्यालाई बढाएर वडाभित्रका सङ्क्रमितलाई सोही वडाको आइसोलेशन स्थलमा व्यवस्थापन गर्ने गरी तयारी थालेको अध्यक्ष थारुले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले भने, ‘आइसोलेसन निर्माणका लागि सबै वडामा स्थान छनोट गर्न भनिएको छ । स्थान छनोट भएपछि निर्माणको काम अघि बढ्छ ।
बेडको क्षमता विस्तार हुने गरी तयारी गरिएको छ । जटिल संक्रमण देखिएका बिरामीलाई भने संघीय र प्रदेश सरकारले व्यवस्थापन गरेका अस्पताल तथा केन्द्रहरुमा पठाइनेछ । पालिकाको निर्णयानुसार अहिले वडावडामा आइसोलेशन निर्माणका लागि तयारी थालिएको छ ।
आइसोलेशन तथा क्वारेन्टाइन स्थलको सञ्चालन तथा व्यवस्थापनमा बाधा पु¥याउनेलाई कानूनबमोजिम कारवाहीका लागि स्थानीय प्रशासनलाई सिफारिश गर्ने जनाइएको छ । क्वारेन्टाइन तथा आइसोलेशनको व्यवस्थापनवापत लाग्ने खर्च गाउँपालिकाले ब्यहोर्ने तर शोधभर्नाका लागि सङ्घीय र प्रदेश सरकारलाई अनुरोध गर्ने पनि जनाइएको छ । जिल्लामा हालसम्म ११५ सङ्क्रमितमध्ये २१ निको भएर घर फर्किएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार