जोखिमलाई ध्यान दिँदै सुत्केरीलाई आधा किलो गुँदपाक
नेपालबहस संवाददाता
जेठ ११, २०७७ आइतबार २०:३६:३०
११ जेठ, ललितपुर । गोदावरी नगरपालिका वडा नं १० मा अवस्थित बज्रबाराही चापागाउँ अस्पतालले सोमबारदेखि बहिरङ्ग सेवा सञ्चालनमा ल्याउने जनाएको छ ।
गत आइतबार र सोमबार ¥यापिड परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिएपछि सो अस्पतालले आकस्मिकबाहेक अन्य सेवा बन्द गरेको थियो ।
“चारैजनाको स्वाब परीक्षणको नतिजा नआएसम्म उनीहरुलाई अस्पतालभित्र राख्याैँ । अहिले उनीहरु चारैजनाको नतिजा नेगेटिभ आएपछि भोलिदेखि अस्पताल सञ्चालन गर्ने योजना बनाएका छौँ ।” व्यवस्थापक मधुराम केसीले भने।
उनले दुई हप्तासम्म उनीहरुलाई सेल्फ क्वारेन्टिनमा घरभित्र बस्न आग्रह गरेको बताए । गत आइतबार ९६ र सोमबार ६४ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आइसकेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख शत्रुघन शाहले जानकारी दिए ।
“गत मङ्गलबार हामीले सातजनाको स्वाब सङ्कलन गरेको नतिजा भने आउन बाँकी छ”, उनले भने, “जोखिमलाई ध्यानमा राखी चापागाउँ अस्पतालभित्र हामीले १० श्ययाको आइसोलेशन वार्ड तयार गरेका छाैँ ।” दक्षिण ललितपुरको तीन गाउँपालिकाको केन्द्रका रुपमा सो अस्पताल रहेको छ । सो अस्पतालले दैनिक १२आैँ घण्टे सेवा दिने गरेको उनले जानकारी दिए ।
१५ श्यया रहेको सो अस्पतालमा प्रसूति तथा गर्भपतन सेवा सेवा समेत रहेको निमित सुपरटेन्डेण्ट डा किसन नेपालीले बताए । लकडाउन हुनुपूर्व दैनिक ४० देखि ५० जना बिरामी सेवा लिन आउने गरेका थिए । नगरपालिकाभित्र १८ स्वास्थ्य संस्था रहेका छन् । नगरपालिकामा १६ सामुदायिक र दुई आयुर्वेदिक स्वास्थ्य संस्था रहेका छन् । सो अस्पताल पहिलोपटक सञ्चालनमा आउँदा दातृ निकायको सहयोगमा बज्रबाराही सामुदायिक अस्पतालका रुपमा रहेको उनले जानकारी दिए ।
सुत्केरीलाई आधा किलो गुँदपाक
गोदावरी नगरपालिकाले कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिँदै रु ५१ लाखको आकस्मिक कोष स्थापना गरेको छ । यहाँको ६ स्थान वडा नं ३ गोदावरी, ५ लेले, ६ आनन्दवन अस्पताल, ८ डुकुछाप ११ बज्रबाराही र १२ ठेचोबाट एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
बन्दाबन्दीमा श्रमिक, एकल, अशक्त र मजदुरलाई राहत वितरण गर्नाका साथै ५५३ सुत्केरीलाई आधा किलोका दरले गुँदपाक वितरण गरिसकेको छ । नगरपालिकाको आकस्मिक बैठकले कोभिड–१९ उपचारका क्रममा कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको परिवारलाई रु १० लाख उपलब्ध गराउनाका साथै निःशुल्क उपचार गरिदिनेसमेत निर्णय गरेको छ ।
बन्दाबन्दी अवधिभर स्वास्थ्य चौकीमा कर्तव्य निर्वाह गर्ने स्वास्थ्यकर्मी र टोल टोलमा खटाइएका स्वास्थ्यकर्मीलाई एक महिनाको २५ लिटरका दरले इन्धन र प्रतिदिन रु ५०० का दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णयसमेत गरिसकेको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । “बन्दाबन्दीमा जनतालाई परेको मुख्य समस्या समाधान गर्न हामीले ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ वितरण गरिरहेका छाैँ।”
यसैगरी नगरपालिकाले २०४६ सालदेखि राम्रोसँग सञ्चालनमा नआएको पुरानो राजकुलो मर्मत तथा सम्भारको काम धमाधम अघि बढिरहेको छ । वडा नं ५ तिलेश्वर र वडा नं ६ तिनपाने भञ्ज्याङमा हेल्थ डेस्कको शुरुआत भएको जनाइएको छ । तिनपाने भञ्ज्याङको सडक कान्ति लोकपथअन्तर्गत पर्ने र यहाँबाट मानिस पैदल यात्रा गरी प्रवेश गर्न सक्ने भएकाले सो काम अघि बढाएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार