नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुग्याे
नेपालबहस संवाददाता
जेठ १२, २०७७ सोमबार १८:१:१३
१२ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या ६७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बिहान थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा नयाँ संक्रमित पुष्टि भएका हुन् । नयाँ संक्रमित हुनेमा बारा र रौतहटका धेरै छन् । आज ७२ जना थपिएसँगै नेपालमा केरोना (कोभीड–१९) संक्रमितको संख्या ६७५ पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ प्रयोगशाला, काठमाडौंमा ३७ जना, वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा २ जना, राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान दाङमा ५ जना, किटजन्य रोग अनुसान्धान तथा तालिमकेन्द्र, हेटौंडामा २१ जना, भेरी अस्पताल नेपालगंजमा ५ जना र प्रदेश अस्पताल सुर्खेत/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २ जना गरी जम्मा ७२ जना आज नयाँ संक्रमणको पुष्टि भएको हो । संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बाँके, दैलेखका रहेको पनि मन्त्रालयले पुष्टि गरेको छ ।
माथि उल्लेखित संस्थाहरूमा परिक्षाण गिरएका बिरामीहरूमा रौतहटका २६ तथा बाराका २३ जनामा संक्रमण पुष्टि भएको हो । रौतहटको फरदहवा–२, ६ र ८ तथा इशनाथ–२ का १८ देखि ५३ वर्षसम्मका २६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै बाराको गडीमाइ नगरपालिकाका १८ देखि ५० वर्षसम्मका २१ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै बाराको कलैया–१ कोटवालीका २५ र ३२ वर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।
सोमबार संक्रमण पुष्टि हुनेमा धनुषाको नगराइन–३ का ३०, ३१ र ४५ वर्षका पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका–४, ५ र ६ का १९, २० र २३ वर्षका पुरुष, काठमाडौंको टोखा–३ र ६ तथा बुढानिलकण्ड–३ का २७, ४१ र ३७ वर्षका पुरुष, सप्तरीको डाक्नेधरी गाउँपालिकाका २२ र ३४ वर्षका पुरुष रहेका छन् ।
यस्तै बर्दियाको बासगढी–९ का २५ वर्षे युवा, बाँकेको दुधवा–२ र राप्ती सोनारी–७ का १६ देखि २४ वर्षका चार युवा तथा दैलेखको चार युवा र एक युवतीमा संक्रमण पुष्टि भएको हो ।
टाेखाका संक्रमितलाई अस्पताल राख्ने तयारी
काठमाडौंको टोखा नगरपालिकामा भेटिएका कोरोना भाइरस संक्रमित किराना पसले भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ संक्रमित मध्ये दुई जना टोखाका हुन् । टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय र ४१ वर्षीय दुवै पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित एक जना भने किराना पसेले हुन् । स्रोतका अनुसार दुवै संक्रमितलाई अस्पताल पठाउने तयारी भइरहेको छ । केही दिन अगाडि टोखा नगरपालिकाले पनि तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरेर ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । जसमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार