बूढानीलकण्ठमा थप एकमा कोरोना संक्रमणकाे पुष्टि
नेपालबहस संवाददाता
जेठ १२, २०७७ सोमबार १८:३८:३२
१२ जेठ, बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ –३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस ‘कोभिड–१९’ पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए । कोरोना पुष्टि भएसँगै उक्त पुरुषलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको बताइएको छ ।
यससमेत बूढानीलकण्ठमा कोरोना संक्रमित हुने दुई जना पुगेका छन् । यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ –१२ स्थित तेञ्जिङ चोक बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि तेञ्जिङ चोक क्षेत्र तीन दिन सिल गरी युवतीको सम्पर्कमा आएका आठ जनाको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै नगरपालिकाले बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौं आएका १२ पुरुषलाई नगरपालिका–७ स्थित छहारी भवनको क्वारेन्टाइनमा राखेको थियो । ती पुरुषको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार