कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त
नेपालबहस संवाददाता
जेठ १२, २०७७ सोमबार २०:१:०
१२ जेठ, चन्द्रौटा । कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको जनाउँदै आज घर फिर्ता भएपछि जिल्लामा कोरोना भाइरसलाई जितेर घर जानेको सङ्ख्या बढेको छ ।
गत वैशाख ३० गते पहिलो पटकको रिपोर्टमा पोजेटिभ आएपछि नर्सलाई अस्पतालको आइसोलेशनमा राखिएको थियो । कपिलवस्तु नगरपालिका तौलिहवा निवासी २५ वर्षीया नर्सलाई घर पठाइएको हो । नर्स सङ्क्रमित भएपछि अस्पतालका कर्मचारी र परिवारसहित ११० को पिसिआर जाँच गर्दा नेगेटिभ आएको थियो ।
नर्सको क्रमशः दोस्रो र तेस्रो पटक यही जेठ १ र ४ गते दुई पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । नेपालमै पहिलो स्वास्थ्यकर्मी सङ्क्रमित भएर १४ दिनमै कोरोना जित्न सफल भएको अस्पतालका डा किशोर बञ्जाडेले बताए । उनलाई थप एक साता होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ ।
शनिबार कपिलवस्तु नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाका तीनतीन र बुद्धभूमि नगरपालिकाका एक जनालाई बुटवलको कोरोना विशेष अस्पतालबाट घर पठाइएको थियो । कपिलवस्तुमा सोमबारसम्म ८३ कोरोना सङ््क्रमण देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुरमा एकजनाको मृत्यु
कात्तिक २१, २०८१ बुधबार
रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली
कात्तिक २१, २०८१ बुधबार
चुनावी जितपछि ट्रम्पसँग मिलेर काम गर्ने विश्व नेताहरूको प्रतिबद्धता
कात्तिक २१, २०८१ बुधबार
नेपाल विश्वविद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् : उपप्रधानमन्त्री पौडेल
कात्तिक २१, २०८१ बुधबार
नेपालको ऊर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धिमूलक : ऊर्जामन्त्री
कात्तिक २१, २०८१ बुधबार
मानव सेवा आश्रमको मेची–महाकाली अभियान पोखरामा, सात जनाको उद्धार
कात्तिक २१, २०८१ बुधबार