ह्याकरहरु साइबर आक्रमणको तयारीमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ १२, २०७७ सोमबार २०:५६:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/cyber-crime-777x437-e1590398773404_HKXrF3ixCB.jpg)
१२ जेठ, काठमाडौं । सामान्य रुपमा भन्नु पर्दा कुनै ह्याकर एउटा यस्तो व्यक्ति हुन्छ जो सामान्यत प्रशासकीय नियन्त्रणसम्म पुगेर कम्प्युटर सुरक्षा प्रणालीलाई तोड्छ । ह्याकर्स शब्दको अर्थ प्रायजसो कम्प्युटरसँग सम्बन्धित हुन्छ । यिनीहरु अवैध माध्यमको प्रयोगप्रति लापरवाह हुन्छन र यिनीहरुको उपज राजनीतिक अथवा सामाजिक कारणले हुन्छ भनि अड्कल गरिएको छ ।
कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यममा यो विषयले निकै प्राथमिकता पाएको छ । भारतको रिपब्लिक टीभीका अर्नव ग्वोस्वामीले ‘द डिबेट’ कार्यक्रममा नेपाललाई होच्याउने शब्दको प्रयोग गरेर पाठ सिकाउन खोजेको भन्दै नेपालमा आलोचनासमेत भईरहेको छ ।
एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस (एपीआई) यस्तो कोड हो, जसको प्रयोगबाट सम्बन्धित पक्षको प्रणालीसम्म पहुँच बनाउन सकिन्छ । एक एप्लिकेशन वा सिस्टमबाट अर्कोमा ‘संवाद’ गर्नलाई यो कोडको प्रयोग हुन्छ । जस्तै, नेपाली ह्याकरले सार्वजनिक गरेको एपीआई कोडमार्फत उसले फेसबुक लाइभ गरिदिन सक्छ । यद्यपि, यो कोडको प्रकृतिमा भर पर्ने कुरा हो ।
यसैबीच, ट्वीटरमा satan_cyber_god_ नामक ह्याण्डलबाट सक्रिय नेपाली ह्याकरले यसलाई नेपालको वनस्पती अनुसन्धान केन्द्र बाँकेको वेवसाइटमा भारतीय ह्याकरको अनाधिकृत प्रवेशको प्रक्रिया शुरु गरेका छन् । बढ्दो साइबर आक्रमणलाई ध्यानमा राखेर सरकारले ०७४ साल जेठ २४ साइबर ब्युरो स्थापना गर्ने निर्णय गरेको थियो । तर अहिलेसम्म साइबर आक्रमणका गम्भिर घटनामा प्रहरीले खासै उपलब्धि हाँसिल गर्न सकेको छैन् ।
तेसो त ब्युरोलाई सामाजिक सञ्जालमा सरकारको विरोध गर्ने व्यक्तिहरु समाउँदै ठिक्क छ । पछिल्लो समय सरकार विरोधी टिप्पणी गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय ब्युरोको फन्दामा परे । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गाली गर्दा पत्रकार दीपक पाठक पक्राउ परे ।
प्रहरी प्रशासनको उदासिनताका बीच फुडमाण्डु, भायानेट लगायतको विवरण सार्वजनिक गर्ने ह्याकर सतन अहिले भारततिर लागेका छन् । र, सर्वसाधारणले प्रहरीमा आफूलाई रिपोर्ट गरिरहेको समेत उल्लेख गर्दै अघि बढ्न खुला चुनौति दिइरहेका छन् । सरकार जति कमजोर छ, त्यति नै साइबर क्षेत्रमा पनि कमजोर रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार