गण्डकीमा दुई हजारको पीसीआर जाँच
नेपालबहस संवाददाता
जेठ १२, २०७७ सोमबार २१:२७:५५
१२ जेठ, चिप्लेढुङ्गा । गण्डकी प्रदेशमा हालसम्म कोरोना जाँच अन्तर्गत दुई हजार ४५ को पीसीआर जाँच भएको छ । ती मध्ये दुई हजार ११ को जाँचको नतिजा नेगेटिभ आएको, बाँकी २९ को रिपोर्ट आउन बाँकी रहेको र दुई जनाको पोजेटिभ नतिजा आए पनि निको भएर घर फर्किसकेका प्रदेशका स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।
नवलपुरका दुई जनाको भरतपुरमा र लमजुङका एक जनाको काठमाडौंमा सङ्क्रमण देखिएको हो । दुई जना भरतपुर अस्पताल र एक जना टेकु अस्पताल काठमाडौमा उपचार भइरहेको जनाइएको छ । त्यसैगरी आरडीटी जाँच आठ हजार २१८ जनाको गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सामाजिक विकास मन्त्रालयले जटिल अवस्थाका बिरामीको व्यवस्थापनसम्बन्धी तालिमसमेत सम्पन्न गरेको छ ।
एनस्थेसियोलोजिष्ट डा. हरि पौडलले उक्त तालिमको सहजीकरण गरेका थिए । तालिममा स्याङ्जा, गोर्खा, नवपुर, तनहुँ, लमजुङ अस्पतालका ३२ जना चिकित्सक र स्वास्थ्यकर्मीको उपस्थिति रहेको उनले जानकारी दिए।
उनका अनुसार कोरोनासँगै प्रदेशमा अन्य पाँच प्रकारका रोगसमेत देखिन थालेपछि सचेतनामूलक कार्यक्रमलाई जोड दिइएको छ । गोर्खा र कास्कीमा मलेरिया पोजेटिभ, गोर्खामा नै दादुरा तथा म्याग्दीमा स्क्रबटाइफस देखिएको छ । डेङ्गु म्याग्दी, कास्की र स्याङ्जामा जिल्लामा देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार