सप्तरीमा थप २ जनामा कोरोनाको पुष्टि, संक्रमितकाे संख्या चार पुग्यो
नेपालबहस संवाददाता
जेठ १२, २०७७ सोमबार २१:४४:५
◊ धीरुभाइ
१२, जेठ सप्तरी । सप्तरीमा सोमबार थप दुई जना पुरुषमा कोरोना संक्रमण भएको छ । यससँगै जिल्लामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या चार पुगेको छ । तीमध्ये तीन जना एउटै नगरपालिकाका संक्रमितहरु छन ।धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उनीहरुको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
आज सोमबार जिल्लाको डाक्नेश्वरी नगरपालिका वार्ड नम्बर ४ भुतही र वार्ड नम्बर ८ प्रबाहामा एक-एक जना कोरोना संक्रमित भएको पुष्टि गरेको छ । उनीहरुको उमेर २२ र ३५ वर्षका छन । राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशन वार्डमा सोमबारै संक्रमित दुबै जनालाई भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
उनीहरुको याताबृतान्तको बारेमा सोधपुछ, कन्ट्याक्ट ट्रेसिङ्ग भइरहेको उनले संक्रमितहरु भारतको संक्रमित स्थानबाट मजदुरी गरी आएको प्रारम्भिक सोधपुछमा थाहा भएको बताए । पूरा सोधपुछ, ट्रेसिङ्ग भएपछि मात्र थप कुरा बताउन सकिने बताएको छ । बैशाख २९ गते पहिलो सोही डाक्नेश्वरी नगरपालिका वार्ड नम्बर ३ हटेलमा एक युवक सक्रमित भएको छ ।
आइसोलेशमा उपचारत उनको दोस्रो पीसीआर परीक्षणको लागि आइतबार स्वाब संकलन गरी पठाइएको अस्पतालले जनाएको छ । त्यस्तै दोस्रो, गत जेठ ९ गते जिल्लाको बलानबिहुल गाउँपालिका ४ बेलहीमा एक मजदुरमा कोरोना पुष्टि भएको छ । उनको पनि आइसोलेशनमा उपचार भइरहेको छ ।
पहिलो संक्रमित चितवनबाट मजदुरी गरी घर फर्किने क्रममा पर्साको खैरहनी स्थित मस्जिदमा नवाज पढ्ने क्रममा संक्रमित भएको थियो भने दोस्रो भारतको हरियाणाबाट मजदुरी गरी फर्किएका व्यक्ति हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार