आजदेखि शिक्षण अस्पतालमा पनि पीसीआर प्रयोगशाला शुरु
नेपालबहस संवाददाता
जेठ १२, २०७७ सोमबार २१:५७:२०
१२ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर प्रविधिबाट कोभिड–१९ को परीक्षण आजदेखि शुरु गरिएको छ ।
त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले अस्पतालमा रहेको पीसीआर प्रयोगशालाको उद्घाटन गर्दै सरकारसँग समन्वय गरेर कोभिड–१९ को परीक्षणको दायरा बढाउन प्रयोगशाला सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहाकार डा खेम कार्कीले कोभिड–१९ को परीक्षणको दायरा बढाउन लागि प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए ।
योसँगै अहिलेसम्म कोभिड–१९ परीक्षण गर्नका लागि २० वटा पिसिआर प्रयोगशाला सञ्चालनमा रहेका छन् । काठमाडौं उपत्यकामा भने पाँच वटा पिसिआर ल्याब सञ्चालन भएका छन् । त्रिविमा रहेको बाइयोटेक्नोलोजी विभाग रहेको उक्त प्रयोगशाला अस्पतालले सञ्चालन गरेको हो । मन्त्रालयका विज्ञ सल्लाहाकार डा कार्कीका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई, वीर अस्पतालमा एक, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा एक र शिक्षण अस्पतालमा एक जरी पाँच ठाउँमा पिसिआर सञ्चालन गरिएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले एकपटकमा ९६ जनाको परीक्षण गर्न सकिने जानकारी दिए । परीक्षण गरिएको छदेखि आठ घण्टामा रिपोर्ट आउनेछ । कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा रुना झाले परीक्षण गराउनेको सङ्ख्या बढिरहेकाले अस्पतालमा सञ्चालन भएको प्रयोगशालाले सम्भावित सङ्क्रमितको परीक्षण गर्न सहयोग पुग्ने बताए । उनले आफूले प्रयोगशाला सञ्चालनका लागि आवश्यक सहयोग गर्नेसमेत बताए। अहिलेसम्म पिसिआरबाट ४८ हजार ८१५ र आरडिटीबाट ९० हजार २६ जनाको परीक्षण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार