बाँझो जग्गामा खेती गर्नेलाई अनुदान दिने घाेषणा
नेपालबहस संवाददाता
जेठ १२, २०७७ सोमबार २२:३०:५४
प्रकाश डोटेल
१२ जेठ, स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले बाँझो रहेको जग्गामा खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि गाउँपालिकाले जग्गा बाँझै राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै कृषकलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ ।
खेतीयोग्य जमीन बाँझो हुनबाट रोक्नुका साथै पालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजनाका साथ कृषकलाई अनुदान दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीका अनुसार गाउँघरमा खेतीयोग्य जमीन बाँझै छन्, युवाहरू रोजगारीको खोजीमा विदेशिएका छन् यसलाई रोक्न पालिकाले अनुदानको निर्णय गरेको हो ।
“बाँझो राख्ने र बिदेशीने परम्पराको अन्त्य गर्दै गाउँमै रोजगारीको सिर्जना गर्ने उद्देश्यले अनुदानको व्यवस्था गरिएको छ ।” अध्यक्ष सुवेदीले भने, अनुदानले मात्र प्रभावकारि नहुने भएपछि बाँझो जमीनमा खेती गर्ने कृषकका लागि अनुदान दिने योजाना ल्याएका हौँ ।”
आफ्नै जग्गामा धानखेती गर्ने कृषकलाई दुई रोपनीको चार हजार रुपैयाँ, आफ्नै जग्गामा कोदोखेती गर्नेलाई प्रतिरोपनी दुई हजार रुपैयाँ र भाडामा लिएर धान कोदोखेती गर्नेलाई पाँच हजार रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको छ ।
मौसमी बेमौसमी तरकारी तथा दलहनखेती गर्नेलाई दुई रोपनी जग्गा बराबर दुई हजार पाँच सय रुपैयाँ अनुदानको रूपमा दिइने गाउँपालिकाले जनाएको छ । पालिका भित्र झण्डै ४० प्रतिशत भुभाग खेती योग्य जमिन बाँझै भएकाले अनुदान दिने व्यवस्था मिलाईएको हो ।
गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएपछि स्थानीय कृषक उत्साहित भएका छन् । “बाँझो भएको जग्गामा हामीले जसरी पनि खेती गर्नु नै पथ्र्यो ।” स्थानीय कृषक भोजबहादुर थापाले भने, “बाँझो खेतमा खेती लगाएपछि कृषक र गाउँपालिकालाई आत्मनिर्भर बन्दा दुबैलाई फाईदा हुने भयो ।”
बाँझो खेतमा खेति गरुन भनेर गाउँपालिकाले स्थानीय कृषकलाई ५० प्रतिशत अनुदानमा हात ट्याक्टर वितरणसमेत गरेको छ । कृषिलाई व्यवसायिक बनाउनका लागि हाते ट्याक्टर र नगद अनुदानको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादनको अध्ययन
मंसिर २७, २०८१ बिहिबार
किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
मंसिर २७, २०८१ बिहिबार
सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार