नरैनापुरको क्वारेन्टिनलाई व्यवस्थित र स्वास्थ्य सेवा सुधार गरिने
नेपालबहस संवाददाता
जेठ १२, २०७७ मंगलबार १:२९:१८
१२ जेठ, नेपालगञ्ज । प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बाँके नरैनापुरको क्वारेन्टिनलाई व्यवस्थित बनाइने र स्वास्थ्य सेवाको अवस्थामा सुधार गरिने बताएका छन् । संवाद समूहले आज गरेको भर्चुअल बैठकमा मन्त्री बरालले नरैनापुरका नागरिकले अनुभूति हुने गरी स्वास्थ्य संस्था स्थापनाको कार्य अघि बढाइने प्रतिबद्धता जनाए ।
भर्चुअल बैठकमा मन्त्री बरालले कोरोना संक्रमणको भयावह अवस्था सिर्जना हुन सक्ने बताउँदै प्रदेश सरकारले नरैनापुरस्थित स्वास्थ्य केन्द्रको स्तरोन्नतिका लागि सम्पूर्ण तयारी शुरु गरिसकिएको स्पष्ट पारे ।
भर्चुअल छलफलमा सहभागी बाँकेको सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य कृष्णा केसीले नरैनापुरलगायतको स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि सबै तहका सरकारको ध्यानाकर्षण गराइए पनि समयमा सुनुवाइ नभएको गुनासो गरे । उनले आइसोलेशनसहितको सामुदायिक अस्पताल सञ्चालन, क्वारेन्टिन व्यवस्थापन र स्वास्थ्य विज्ञसहितको टोली परिचालनको आवश्यकता तत्काल पूरा गर्नुपर्ने माग राखे ।
छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाकअहमद शाह, सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललगायतले भाग लिनु भएको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोनाबाट संक्रमित १४६ मध्ये ११३ जना नरैनापुर क्षेत्रका मात्र छन् भने एक जनाको मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली
कात्तिक २१, २०८१ बुधबार
चुनावी जितपछि ट्रम्पसँग मिलेर काम गर्ने विश्व नेताहरूको प्रतिबद्धता
कात्तिक २१, २०८१ बुधबार
नेपाल विश्वविद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् : उपप्रधानमन्त्री पौडेल
कात्तिक २१, २०८१ बुधबार
नेपालको ऊर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धिमूलक : ऊर्जामन्त्री
कात्तिक २१, २०८१ बुधबार
मानव सेवा आश्रमको मेची–महाकाली अभियान पोखरामा, सात जनाको उद्धार
कात्तिक २१, २०८१ बुधबार
तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन
कात्तिक २१, २०८१ बुधबार