सनराइज बैंककाे वितरणयोग्य मुनाफा १७ कराेड ५५ लाखले ऋणात्मक, लगानीकर्तालाई टाईटाई फिस !
आर्थिक संवाददाता
जेठ १५, २०७७ बिहिबार १९:३५:५
१३ जेठ, काठमाडौं । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म खुद मुनाफामा अर्बपति क्लबमा रहेको सनराइज बैंक अहिले सो क्लबबाट बाहिरिएको छ तर ९ महिनाको अवधिमा कर्मचारी खर्चले भने अर्ब छुन लागेको छ ।
आर्थिक वर्ष ०७६/७७ को तेश्रो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार ६ वटा बैंकको वितरण योग्य मुनाफा ऋणात्मक भएकोमा सनराइज बैंकले पनि वितरणयोग्य मुनाफा ऋणात्मक भएको बैंकको रुपमा आफुलाई सुचीकृत गरेको छ । नयाँ लेखा व्यवस्था अनुसार बैंकहरुले अहिले व्याज नउठेपनि निकट भविष्यमा व्याज उठ्छ भनी आफ्नो नाफामा देखाउने गर्छन । यसरी उठ्दै नउठेको व्याज आम्दानी देखाउँन मिले पनि बैंकले सो आम्दानीलाई वितरणयोग्य मुनाफामा देखाउन पाउँदैन । यसरी वितरण योग्य मुनाफा ऋणात्मक हुँदा कम्पनीले लगानीकर्ताहरुलाई लाभांश खुवाउने अवस्था निकै कम हुन्छ । लगानीकर्तालाई टाईटाई फिस हुने भएकाे छ ।
मारवाडी बैंकको रुपमा चिनिएको सनराइज बैंक लिमिटेड संचालक समितिको अध्यक्षमा मोतीलाल दुगड रहेका छन् । त्यस्तै अन्य संचालक सदस्यहरुमा बच्छराज तातेड, मालचन्द दुगड , शैलेन्द्र गुरागाँई, शारदा शर्मा, दीपक नेपाल र ओमकृष्ण जोशी रहेका छन् । यसैगरी बैंकको उच्च व्यवस्थापनमा जनकशर्मा पौडेल सीईओको रुपमा कार्यरत छन् । यस अघि ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालसँग तालमेल नमिलेपछि जनकशर्मा पौडेलले ग्लोबल आईएमई बैंक छाडेका थिए । उनी सनराईज बैंकमा सीईओको रुपमा आएपछि पनि सनराईज बैंकले सोचे अनुरुप प्रगति गर्न सकेकाे छैन ।
बैंकमा मोतीलाल दुगडको नाममा ५ दशमलव ९४ प्रतिशत शेयर स्वामित्व रहेको छ भने मालचन्द दुगडको नाममा ४ दशमलव ७७ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीमा ५१ दशमवल १० प्रतिशत संस्थापक शेयर स्वामित्व छ भने ४८ दशमलव ९० प्रतिशत साधारण शेयरको स्वामित्व रहेको छ ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को तेश्रो त्रैमास र आर्थिक वर्ष ०७५/७६ को तेश्रो त्रैमासलाई दाँजेर हेर्दा :
Sunrise Bank (Report Based on Q3, FY: 76/77) | |||
FY 2076/77 | FY 2075/76 | Diff | |
Third Qt | Third Qt | % | |
Income Statement (Rs in 000) | |||
Net Interest Income | 2,994,392 | 2,643,772 | 13 |
Impairment Charge/(Reversal) | 1,010,586 | 279,828 | 261 |
Personnel Expenses | 971,982 | 790,300 | 23 |
Operating Profit | 1,334,662 | 1,753,792 | -24 |
Net Profit | 935,283 | 1,226,099 | -24 |
खुद ब्याज आम्दानीमा १३ प्रतिशतको वृद्धि :
बैंकको प्रमुख आम्दानीको श्रोतकाे रूपमा रहेको खुद ब्याज आम्दानी सामान्य रूपमा बढेको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २ अर्ब ९९ करोड खुद व्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले २ अर्ब ६४ करोड खुद व्याज आम्दानी गरेको थियो । यसरी खुद व्याज आम्दानी १३ प्रतिशतले मात्र बढेको छ ।
खुद मुनाफामा पहिरो:
संचालन मुनाफा २४ प्रतिशतले घटेसँगै कम्पनीको खुद मुनाफा पनि २४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा १ अर्ब २२ करोड खुद मुनाफा गरेको कम्पनीले अहिले भने ९३ करोड ५२ लाख मात्र खुद मुनाफा गरेको छ ।जोखिम बापत बैंकले निकै धेरै रकम व्यवस्थापन गर्नु परेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा २७ करोड ९८ लाख जोखिमबापत व्यस्थापन गर्नु परेकोमा अहिले यो त्रैमासमा आउँदासम्म १ अर्ब १ करोड व्यवस्थापन गर्नु परेको छ । यसले गर्दा बैंकको नाफामा पहिरो गएको देखिन्छ । त्यस्तै खुद मुनाफा २४ प्रतिशतले घटेको अवस्थामा कम्पनीको कर्मचारी खर्च भने निकै धेरै बढेको छ । कर्मचारी खर्च २३ प्रतिशतले वृद्धि हुँदै ९७ करोड १९ लाख पुगेको छ ।
जगेडा कोष बढ्यो, संचित मुनाफा दुवै घट्दै :
कम्पनीको जगेडा कोषमा २६ प्रतिशतको वृद्धि देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ८१ करोड रहेको जगेडा कोष अहिले ३ अर्ब ५३ करोड पुगेको छ । तर संचित मुनाफा भने ८१ प्रतिशतले घट्दै २२ करोड ६० लाख पुगेको छ । शेयर प्रीमियम शिर्षकमा भने कुनै रकम छैन ।
Sunrise Bank Report Based on Q3, FY : 76/77) | |||
This Quarter End | Immediate Previous Year End | Diff | |
% | |||
Balance Sheet (Rs in 000) | |||
Share Capital | 8,967,811 | 8,152,555 | 10 |
Share Premium | 0 | 127,161 | 0 |
Retained Earnings | 226,032 | 1,175,249 | -81 |
Reserves | 3,539,327 | 2,815,184 | 26 |
Deposit | 86,355,780 | 75,432,150 | 14 |
Loan | 80,141,765 | 68,865,810 | 16 |
Note : Loan and Advances Covers Customers Only
निक्षेप र कर्जा प्रवाहमा राम्रो वृद्धि :
बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमास र अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन १४ प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह १६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ८६ अर्ब ३५ करोड निक्षेप संकलन गरी ८० अर्ब १४ करोड कर्जा प्रवाह गरेको छ ।
प्रतिशेयर आम्दानी १३ रुपैयाँ :
वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९१ पैसा छ । कम्पनीकाे वार्षिक प्रतिशेयर आम्दानीमा निकै ठुलो गिरावट आएको छ ।
Sunrise Bank | |
Key Indicators | |
Market Price (Rs) | 221 |
Earning Per Shares (Rs) | 13.91 |
Book Value (Rs) | 141.99 |
Pe Ratio (Times) | 15.86 |
PB Ratio (Times) | 1.56 |
Grahm Number (Rs) | 211 |
Note: Latest Market Price
मुल्य आम्दानी अनुपात १६ गुणा:
कम्पनीको अन्तिम बजार मूल्य २२१ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १६ गुणा आउँछ ।
वितरणयोग्य मुनाफा:
कम्पनीको तेश्रो त्रैमाससम्म वितरणयोग्य मुनाफा १७ करोड ५५ लाख ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य मुनाफा ९१ करोड ३४ लाख माथि थियो । यसरी वितरण योग्य मुनाफामा निकै ठुलो गिरावट आएको छ ।
Sunrise Bank (Report Based on Q3, FY : 76/77) | |||
FY 2076/77 | FY 2075/76 | Diff | |
Third Qt | Third Qt* | % | |
Rs in 000 | |||
Distributable Profit | (175,521) | 913,425 | -119 |
* Based on Third Qt Report (75/76) |
केही महत्वपूर्ण अनुपातहरु :
Sunrise Bank (Report Based on Q3, FY: 76/77) | |||
FY 2076/77 | FY 2075/76 | Diff | |
Third Qt | Third Qt | % | |
Ratios (%) | |||
Capital Fund to RWA | 14.47% | 11.87% | 22 |
CCD Ratio | 76.37% | 79.73% | -4 |
Non-Performing Loan | 1.32% | 1.37% | -4 |
Base Rate | 10.02% | 10.43% | -4 |
Spread Rate | 4.86% | 4.37% | 11 |
निस्कर्ष:
सनराइज बैंकले प्रगतिको पथमा भन्दा पनि ठीक उल्टो पथमा हिडेको देखिन्छ । वितरणयोग्य मुनाफा ऋणात्मक हुँदा लगानीकर्ता अब निराश बन्ने सम्भावना धेरै छ । बैंकले आफ्नो वित्तीय अवस्थामा प्रगति गर्न नसकेपनि बैंकले कर्मचारीहरुको तलब भत्ता शिर्षकमा भने २३ प्रतिशतको वृद्धि गरेकाे देखिएको छ । बैंकको वितरण योग्य मुनाफालाई अन्य वाणिज्य बैंकसँग दाँजेर गर्दा सनराईज बैंक अन्तिम ३ मा परेको देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार