पत्रकारका लागि विशेष राहत प्याकेज घोषणा गर्न सभापति देउवाद्वारा आग्रह
नेपालबहस संवाददाता
जेठ १३, २०७७ मंगलबार १८:३८:९
१३ जेठ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका बेला प्रेस जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको भन्दै सरकारले प्रेसका लागि राहतको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।
पार्टी निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसको अवसरमा आज भिडियो कन्फरेन्समार्फत संवोधन गर्दे सभापति देउवाले भने– सञ्चार क्षेत्र र पत्रकारलाई जोगाउका लागि सरकारले विशेष राहतको प्याकेज घोषणा गर्नुपर्छ । कोरोनाका कारण यो क्षेत्र निकै ठूलो संकटमा परेकाले सरकार संवेदनशील भएर राहतको प्याकेज ल्याउन अग्रसर हुनुपर्छ ।
विज्ञापनको बजार नै संकुचित भएको छ, साना मात्र होइन अहिले त ठूला मिडिया हाउससमेत संकटमा छन्, त्यसैले यो क्षेत्रलाई जोगाउन तत्कालै राहतको विशेष प्याकेज आवश्यक छ– पूर्व प्रधानमन्त्री देउवाले भने । कोरोनासँग फ्रण्टलाइनमा बसेर काम गर्ने सञ्चारकर्मी नै संक्रमित भएको अवस्थालाई सरकारले संवेदनशील ढंगले नलिएको भन्दै उनले उल्टो प्रधानमन्त्री केपी ओली भने मिडिया र मिडियाकर्मीसँग आक्रोशित भएकोमा निन्दा गरे ।
अहिले सरकारबाट भएका भ्रष्टाचार र अनियमितताबारे सञ्चारमाध्यमले तथ्य प्रमाणसहित समाचार लेखिरहेका छन्, यो त प्रधानमन्त्रीका लागि ठूलो सहयोग हो, तर उल्टै ओलीजी पत्रकारप्रति रुखो बनेका छन्, यो गलत मात्र होइन निन्दनीय कुरा हो– सभापति देउवाले भने । कोरोना कहर बढ्न थालेको प्रसंग उठाउँदै उनले भने सरकार चाहिँ परीक्षणको दायरा बढाउनेतिर जिम्मेवार नभएको आरोप लगाए । परीक्षण नबढाउने अनि जनतालाई थुनेर मात्र समाधान खोज्ने – उनले प्रश्न गरेका छन् । साथै, पर्याप्त परीक्षण र स्वास्थ सामग्रीको उपलव्धता बढाउनेतिर सरकार अग्रसर हुन समेत सभापति देउवाले सुझाव दिए ।
सभापति देउवाले भ्रष्टाचारका बारेमा निडर भएर लेख्न आग्रह गर्दै आफू सधै संचारमाध्यम र संचारकर्मीको साथमा रहेको बताए । सभापति देउवाले मिडियाको खबरदारीले नै लोकतन्त्र बलियो र संस्थागत हुने उल्लेख गर्दै मिडियालाई खबरदारीको भूमिका अझै बढाउन आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार