आँधीखोलाको दोहन बारे नगरपालिका र प्रहरीबीच विवाद
नेपालबहस संवाददाता
जेठ १३, २०७७ मंगलबार १९:५०:२०
१३ जेठ, स्याङ्जा । लकडाउनको मौका छोपी स्याङ्जामा आँधीखोलाको दोहन बढेको भन्दै प्रहरीले सक्रियता बढाएको छ । कोरोना रोकथामका लागि देशभर लकडाउन भईरहेको बेला आँधीखोलामा अबैधरुपमा बालुवाको उत्खनन र ओसारपसार भईरहेको भन्दै प्रहरीले सक्रियता बढाएको हो ।
पुतलीबजार नगरपालिकाको सीमाना क्षेत्रस्थित आँधीखोलामा अबैध रुपमा बालुवा उत्खनन् र ओसारपसारमा सक्रिय चारवटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाहीको प्रक्रियामा अगाडी बढाईएको स्याङ्जाका प्रहरी प्रमुख एसपी बिमलराज कणेंलले जानकारी दिए ।
प्रहरीले आँधीखोलाबाट ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । लकडाउनको मौका छोपी आँधीखोलाको दोहन गर्ने क्रम बढेको भन्दै यसलाई नियन्त्रणमा लिनका लागि बिशेष सतर्कता अपनाईएको प्रहरी प्रमुख कणेंलले जानकारी दिए । उनका अनुसार दोहोन रोक्न प्रहरीको थप सक्रियता आवश्यक रहेको समेत बताए ।
आँधीखोलामा बालुवा उत्खनन् गर्न नगरपालिकाले दिएको व्यवसायीले बताएका छन्, भने प्रहरीले ट्याक्टर नियन्त्रणमा दिएर दुःख दिएको उनीहरुले बताए । लकडाउनका समयमा नगरपालिकाले बालुवा उत्खनन् गर्न दिएको बारेमा आफूहरुलाई कुनै जानकारी नभएको प्रहरीले दाबी गरेको छ ।
पुतलीबजार नगरपालिकाले नगर क्षेत्रका विकास निर्माणलाई सुचारु गर्न आँधीखोलाबाट नदीजन्य बस्तु निकासी गर्न व्यवसायीलाई दिएको बताएको छ । नगरपालिकाले बिना सुचना नदीजन्य बस्तु निकासी गर्न दिएर नदीको दोहोन र लकडाउनको उल्लंघन गरेको प्रहरीले बताएको छ ।
नगरपालिकाले आवश्यक समन्वय नगर्दा व्यवसायीले दुःख पाएको उनीहरुको गुनासो छ । नगरपालिकाले निकासी गर भन्ने प्रहरीले सवारी साधन नियन्त्रणमा लिदाँ हामीलाई दुःख भयो । आवश्यक समन्वय गर्नुपर्ने स्थानीय सरकारको दायित्व भएपनि नगरपालिकाको लापरवाहीले आफुहरु हौरानीमा परेको व्यवसायीको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार