क्वारेन्टाइनमै डाक्टरहरूबीच कुटाकुट
नेपालबहस संवाददाता
जेठ १३, २०७७ मंगलबार २३:५९:५५
१३ जेठ, वीरगञ्ज । वीरगञ्जमा सामाजिक सञ्जालमा स्टाटस र म्यासेज लेखेको विषयमा डाक्टरका दुई समूहबीच कुटाकुट भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा. मधुरञ्जन सिंह पक्षबीच हात हालाहाल भएको हो ।
नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउनहल क्वारेन्टाइन स्थलमै सिंह नेतृत्वको टोलीले विवाद गर्न पुगेका थिए । विवादको क्रममा सिंह नेतृत्वको टोलीको आक्रमणबाट नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसिया सामान्य घाइते भएका छन ।
नारायणी अस्पतालका डा. दयनारायण सिंहका अनुसार ‘क्वारेन्टाइन स्थलमा झडपको स्थिति सिर्जना भएपछि प्रहरी, सिनियर चिकित्सक र अस्पताल प्रमुख पुगेर विवादलाई साम्य पारिएको छ । ह्वाट्स एप ग्रुपमा भएको कुराकानीको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमा सरकारी अस्पतालले प्रभावकारी काम गर्दैन, त्यहाँ कार्यरत सबै डाक्टहहरु फटाह हुन्छन्, मेसिनले पनि राम्रोसँग काम गर्दैन भनेर लेखेपछि दुई समुहबिच कुटाकुट भएको हो ।
यसैबीच नेपाल चिकित्सक संघ वीरगञ्जले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणको महामारीसँग लड्न अग्रपंक्तिमा रही व्यस्त रहेको समयमा जुनियर चिकित्सकहरुबीच विवाद गर्नु उचित होइन । त्यसैले दुवै पक्षलाई मेलमिलाप गराइसकेका छौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार