संक्रमणकाे लक्षण देखिएकी गर्भवती महिलाकाे मृत्यु, मापदण्ड अनुसार अन्तिम संस्कार गरिने
नेपालबहस संवाददाता
जेठ १३, २०७७ बुधबार ०:५७:२२
◊ धीरुभाइ
१३, जेठ सप्तरी । कोरोना भाइरस (कोभिड १९) संक्रमणको लक्षण देखिएका सप्तरीको कञ्चरुप नगरपालिकामा मंगलबार एक १८ हप्ताकी गर्भवती महिलाको मंगलबार मृत्यु भएको छ । कोरोना संक्रमित मृतकको तोकिएको मापदण्ड अनुसार उनको अन्तिम संस्कार गरिने भएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवका अनुसार गर्भको चेकजाँच गराइरहेको नीजि चिकित्सको सल्लाहमा आफ्नो घर क्वारेन्टाइनमा बसेकी कञ्चनरुप नगरपालिका वडा न. ११ गोरपारकी करिब २५ वर्षीया गर्भवती महिलाको गएराति धेरै ज्वरो आएको र स्वासप्रस्वासमा समस्या आएको र मंगलबार बिहान उनको मृत्यु भएको छ । मृत्यु अघिसम्म महिला तथा उनका परिवारजनले स्वास्थ्य कार्यालयसँग कुनै किसिमको सम्पर्क, सल्लाह नगरी आफुखुशी जाँच गराइ होम क्वारेन्टाइनमा बसेको उनले भने, उनको मृत्युपछि मात्र हामीसँग सम्पर्क ग¥र्यो ।
नगरपालिकाले स्वास्थ्य कार्यालय, र जिल्ला संकट व्यवस्थापन समितिको सरसल्लाहमा संक्रमणबाट मृत्यु भएको व्यक्तिको लागि तोकिएको मापदण्ड जस्तै पीपीइ लगाउनुको साथै अन्य स्वास्थ्य सुरक्षासहित सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको रोहबरमा अन्तिम संस्कार गरिने तयारी भएको उनले बताए । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७६ अनुसार अन्तिम संस्कार गर्न दिइने निर्णय भएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामशेवक यादबले बताए ।
कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक सिनियर अहेब डम्बरप्रसाद गुप्ताका अनुसार शव व्यवस्थापन कार्यक्रमा संलग्न सम्मपूर्ण व्यक्तिहरुलाई सेल्फ क्वारेन्टाइनमा राख्ने र सोको सम्मपूर्ण व्यवस्थापन गर्ने जिम्मा नगरस्तरीय (सिआइसिटि) टिमलाई दिने निर्णय गरिएको छ । बैशाख २८ गते घरमा नन्दको विवाह भएको र विवाहको दुई÷चारदिनपछि उनलाई ज्वरो र स्वासप्रस्वासमा समस्या भएपछि गत जेठ ८ गते राजविराज स्थित डा. बिनिता यादवको क्लिनकमा जाँच गराई घर फर्किएको थाहा पाएको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले बताए । यदि संक्रमण पुष्टि भएमा त्यही विवाहबाट संक्रमित भएको हुन सकिन्छ उनले भने अन्य सम्पर्क सम्बन्धमा पनि सोधपुछ जारी छ ।
स्वाब संकलन
यता संक्रमणको लक्षण थाहा पाएपछि मृतक गर्भवती महिलाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । दुई-तीन दिन पछि रिपोर्ट प्राप्त हुने र रिपोर्टको आधारमा मृत्युको कारण प्रष्ट हुने स्वास्थ्यका निमित प्रमुख यादवको कथन छ ।
डाक्टरको गलत सल्लाह
जेठ ८ गते महिलालाई अटो रिक्सा भाडा गरेर राजविरा स्थित डा. विनिता यादवको क्लिनकमा उपचारका लागि लगेको खुलेको छ । उनलाई पिसाबको संक्रमण (यूटीआई) भएको भन्दै चिकित्सकले औषधि दिनुकासाथै होम क्वारेन्टाइनमा बस्न सल्लाह दिएका थिए ।
डाक्टर यादवले त्यति बेला सुरक्षित जाँच गराउन, स्थानीय तह, स्वास्थ्य कार्यालय र जिल्ला संकट व्यवस्थापन समितिको समन्वय गर्न सल्लाह दिएको भए आज यस्तो स्थिति नआउन पनि सक्थ्यो । पहिलो पटक जुमल्याहा सन्तानकी आमा बनेकी महिला दोस्रो पटक गर्भवती भएकी थिइन् । सो घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान समेत भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीका चौबिस गाउँ बाढीको उच्च जोखिममा
असोज १२, २०८१ शनिबार
मधेशका मुख्यमन्त्री सिंहले सार्बजनिक गरे सय दिनको काम
असोज ९, २०८१ बुधबार
मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु
असोज ८, २०८१ मंगलबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार