कनकाई क्वारेन्टिनमा बसेकालाई नियमति योगाभ्यास
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बुधबार १४:२८:६
१४ जेठ, कनकाई । झापाको कनकाई नगरमा क्वारेन्टिनमा बसेका मानिसलाई नियमति योगाभ्यास गराउन थालिएको छ । नगरको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा रहेको क्वारेन्टिनमा बस्दै आएका ५६ जनालाई क्वारेन्टिन परिसरमै सामाजिक दूरी कायम राख्दै बिहान ६ बजेदेखि पहिलो चरणमा योगाभ्यास सञ्चालन गरिएको हो ।
कोरोनाको कहरसँगै लकडाउन थप हुँदै गएको वर्तमान अवस्थामा उत्पन्न विभिन्न किसिमका मानसिक तनाबबाट अलग रहनसमेत सहयोग पुग्ने विश्वासका साथ योगाभ्यास सञ्चालन गरिएको बताइएको छ । पतञ्जली योग नगर समिति कनकाईले योगाभ्यासको सहजीकरण गरेको समितिका नगर अध्यक्ष टीकाप्रसाद जमरकट्टेलले बताउनुभयो । अभ्यासका क्रममा स्वस्थ खानपान, योग व्यायाम, प्रणायमका साथै स्वास्थ्य सुरक्षा सामग्रीको उचित प्रयोगका बारेमा जानकारी दिइने छ ।
क्वारेन्टिनमा बस्दै आएका मानिसको रोगसँग लड्ने क्षमताको विकास गर्दै उनीहरुको आत्माबल बढाउनका लागि योगाभ्यासको भूमिका महत्वपूर्ण हुने विश्वास लिइएको छ । भारतले लकडाउन खुकुलो पारेसँगै झापाका सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका नेपालीको क्वारेन्टिन बसाइलाई सहज बनाउने उद्देश्यले योगाभ्यास सञ्चालन गरिएको कनकाई नगरपालिकाकी उपप्रमुख एवं नगरस्तरीय कोरोना सङ्क्रमण रोकथाम तथा विपद् व्यवस्थापन समिति संयोजक मञ्जु प्रसाईंले बताए।
रोजगारीको सिलसिलामा भारतको विभिन्न ठाउँमा रहेका नेपाली स्वदेश फर्कने क्रम बढेपछि कनकाई नगरका क्वारेन्टिनमा केही निश्चित समयसम्मका लागि राखिएका नगरवासीलाई योगाभ्यास गराउन थालिएको नगर उपप्रमुख प्रसाईँले जानकारी दिए । उपप्रमुख प्रसाईँले योगाभ्यास सञ्चालन भइरहेको क्वारेन्टिन परिसरमै गएर योगाभ्यासमा सहभागी भई क्वारेन्टिनवासीलाई हौसला प्रदान गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
जाडोमा कपाल फुट्न थालेको छ भने यो चिजले मसाज गर्नुहोस, कुनै हानि हुँदैन
कात्तिक २८, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार