भारतबाट जिल्ला भित्रिने व्यक्तिलाई सिमानामै पीसीआर गर्न आग्रह
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बुधबार १४:४१:४०
१४ जेठ, खोटाङ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले भारतबाट जिल्ला भित्रिने व्यक्तिलाई सिमानामै पीसीआर परीक्षण गरेर मात्र गाउँ ल्याउने व्यवस्था गर्न स्थानीय तहलाई आग्रह गरेको छ । भारतबाट जथाभावी भित्रिने जिल्लाबासीबाट सङ्क्रमण पनि भित्रिने खतरा बढेको भन्दै समितिले उनीहरुलाई नेपाल–भारत सिमानामै ‘होल्ड’ गरेर क्वारेन्टिनमा राख्ने र पिसिआर परीक्षण गरेपछि मात्र घर ल्याउने व्यवस्था गर्न स्थानीय तहलाई आग्रह गरेको हो ।
परीक्षणका क्रममा पीसीआर रिपोर्ट नेगेटिभ देखिएका व्यक्तिलाई सम्बन्धित स्थानीय तहमा ल्याउने तर, पोजिटिभ रिपोर्ट देखिएका व्यक्तिलाई तत्काल अस्पतालमा पु¥याएर उपचारको व्यवस्था गर्न जिल्लाका १० वटै स्थानीय तहलाई आग्रह गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए। “जिल्ला भित्रिने व्यक्तिलाई नेपाल–भारत सिमानाकै क्वारेन्टिनमा राख्ने, पीसीआर परीक्षण गर्ने, उपचारको व्यवस्था गर्ने, घर ल्याउनेलगायत खर्च सम्बन्धित स्थानीय तहले व्यहोर्ने तथा स्थानीय तहलाई गर्नुपर्ने थप सहयोगका लागि प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ”, उनले भने, “भारतबाट भित्रिने जिल्लावासीको सङ्ख्याअनुसार उनीहरुलाई राख्ने क्वारेन्टिनको व्यवस्था गर्नसमेत स्थानीय तहलाई आगह गरिएको छ ।”
समितिले भारतलगायत मुलुकबाट रोजगार गुमाएर घर फर्कने नेपालीलाई गाउँमा व्यवस्थापन गर्न तयारी थाल्न पनि आग्रह गरेको छ । रोजगार गुमाएर आएका नागरिकका लागि गाउँमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने अवस्था आएकाले त्यसको तयारीका लागि अध्ययन थाल्न आग्रह गरिएको संयोजक चाम्लिङले बताए ।
समितिले यही जेठ २० गतेभित्र विदेशबाट फर्कने नागरिकको सङ्ख्या, उनीहरुलाई दिन सकिने रोजगार, स्थानीय स्रोत साधन तथा खनिज स्रोतको पहिचान गर्न आग्रह गर्ने निर्णय गरेको छ । यस्तै हाल भइरहेका विकास निर्माणका काम, थप गर्न सकिने विकासका सम्भावित कार्य, कृषियोग्य जमिन, खाली जमिन, उत्पादन गर्न सकिने सम्भावना, कृषि, पशुपालन, फलफूल खेती, नगदेबालीको अवस्था, सम्भाव्यता बोेकेका आयमूलक व्यवसायका बारेमा अध्ययन गर्न आग्रह गरिएको छ ।
समितिले आ–आफ्नो पालिकामा सञ्चालित एम्बुलेन्स तथा एम्बुलेन्सका रुपमा प्रयोग गर्न सकिने सवारी साधनसमेत तयारी अवस्थामा राख्न स्थानीय तहलाई आग्रह गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण जिल्लामा पनि फैलन सक्ने भन्दै सङ्क्रमितलाई तत्काल उपचारमा पठाउन एम्बुलेन्स तथा सवारी साधन तयारी अवस्थामा राख्न आग्रह गरेको हो ।
यसैबीच, जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा प्राप्त भएको र बाँकी रहेको पीसीआर भीटीएम मापदण्ड, आवश्यकता र प्राथमिकताका आधारमा जिल्लाका १० वटै स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरिएको छ । सङ्क्रमित क्षेत्रलाई प्राथमिकता दिएर भिटिएम उपलब्ध गराउने, यसका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले सबै स्थानीय तहबाट तथ्याङ्क सङ्कलन गर्ने, पीसीआर परीक्षणका लागि सङ्कलन गरिएका स्वाब ल्याबमा पु¥याउने क्रममा लाग्ने यातायातलगायतको व्यवस्थापन सम्बन्धित स्थानीय तहमार्फत गराउने निर्णय गरिएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा २० वर्षीय एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गत सोमबार सङ्क्रमण पुष्टि भएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका उनको अहिले प्रादेशिक अस्पताल विराटनगरमा उपचार भइरहेको जनाइएको छ । काठमाडौंबाट गत वैशाख–१२ गते उद्धार गरेर ल्याइएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको नगरप्रमुख इवन राईले बताए । उनीसँगै बसमा आएका र उनको परिवारसहित ४३ जनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुरमा एकजनाको मृत्यु
कात्तिक २१, २०८१ बुधबार
रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली
कात्तिक २१, २०८१ बुधबार
चुनावी जितपछि ट्रम्पसँग मिलेर काम गर्ने विश्व नेताहरूको प्रतिबद्धता
कात्तिक २१, २०८१ बुधबार
नेपाल विश्वविद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् : उपप्रधानमन्त्री पौडेल
कात्तिक २१, २०८१ बुधबार
नेपालको ऊर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धिमूलक : ऊर्जामन्त्री
कात्तिक २१, २०८१ बुधबार
मानव सेवा आश्रमको मेची–महाकाली अभियान पोखरामा, सात जनाको उद्धार
कात्तिक २१, २०८१ बुधबार