झापामा निरन्तरको हावाहुरी र वर्षाले किसानको बालीनाली नष्ट
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बुधबार १६:५४:१८
१३ जेठ, झापा । झापा जिल्लामा बिगत ३ दिन देखिको निरत्नरको हावाहुरीले स्थानीय जनजिवन अत्यन्तै अस्तब्यस्त बनेको छ । गएको आइतबार र सोमबार राति आएको हावा हुरीको बितण्डा नबिर्सिदै हिजाे साँझ आएको हावाहुरीसहितको मुसलधारे बर्षाले झापा जिल्लामा किसानले लगाएको हजारौं बिगाहाको बर्खे धान खेतमै कुहिने अवस्थामा पुगेको छ भने किसानका बारीमा लगाएको पाकेको मकैसमेत कुहिएर जाने अवस्थामा पुगेको स्थानीय किसानहरुको गुनासो छ ।
लगातारको अत्याधिक बर्षाले किसानले लगाएको तरकारी बारीमा पानीको मात्रा अत्यधिक जम्नाले तरकारीहरुसमेत पहेँलो भएर मर्ने अवस्थामा पुगेको दमकमा तरकारी खेती गर्दै आएका अगुवा कृषक दधिबल चापागाँई बताउँछन् । लकडाउनकोसमेत प्रवाह नगरी लाखौ रुपैयाँ खर्च गरेर आफ्ना जहान बच्चा पाल्न किसानले लगाएको खाद्यान्न तथा नगदे बालीमा प्रकृतिले पनि साथ नदिएपछि किसानहरुको टेक्ने लौरोसमेत भाँचिएको झै भएको छ ।
सरकारले आगामी बर्षको बजेटमा किसानका पक्षमा बिस्तृत कार्यक्रम ल्याउनुपर्ने भन्दै यसका लागि सम्पूर्ण झापाली किसानहरु एकताबद्ध भएर सरकारको ढोका ढकढक्याउन अब पछि नपर्ने कुरामा झापाली किसानहरुको एक मत रहँदैं आईरहेको चापागाँईको भनाइ छ । तथापी हावा हुरीले पुर्याएको क्षतिको यकिन बिबरण भने आउन बाँकी नै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार