वाग्मती अञ्चल आयुर्वेद औषधालयमा छैन स्वास्थ्य उपकरण
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बिहिबार ४:२८:५६
१४ जेठ, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि उपयोगी हुने विज्ञले सुझाव दिए पनि औषधालयमा भने जाँच उपकरणसमेत छैन ।
काठमाडौं महानगरपालिका–८ स्थित जयवागेश्वरीमा रहेको वाग्मती अञ्चल आयुर्वेद औषधालयमा भने व्यक्तिगत सुरक्षा उपकरण ‘पीपीई’ लगायत सामग्री नहुँदा बिरामीको परीक्षण गराउन समस्या भएको हो । सुरक्षा उपकरण नभएकाले औषधालय आएका बिरामीलाई टाढै राखेर सोधपुछका आधारमा औषधि दिने गरेको कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा अञ्जु कार्कीले बताए ।
सुरक्षा उपकरण नभएकाले औषधालयमा प्रेसर समेत जाँच गरिँदैन । औषधालय छिर्ने बित्तिकै सोधपुछ कक्षमा कर्मचारीले टाढाबाट थर्मल गनले ज्वरो नापेर मात्र भित्र छिराइन्छ । दाहिने काँध दुखेर औषधालयमा जचाउन जाँदा नछोइकन सोधपुछका आधारमा आयुर्वेद चिकित्सक डा कार्कीले औषधि दिएको गोकर्णेश्वरका मक्षेन्द्रप्रसाद सापकोटाले सुनाए ।
आयुर्वेदका धेरै औषधिले रोग प्रतिरोधी क्षमता बढाउने भन्दै कोरोनाबाट बच्न जारी बन्दाबन्दीका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद र प्राकृतिक चिकित्सासम्बन्धी निर्देशिका नै जारी गरेको छ । औषधालयमा भने सुरक्षा उपकरणसमेत नहुँदा बिरामीले सामान्य सेवासमेत पाउन नसक्ने अवस्था बनेको छ । औषधालय वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत छ ।
अञ्चल आयुर्वेद औषधालय भने पनि जिल्ला आयुर्वेद औषधालय भन्दा कम कर्मचारीको दरबन्दी दिँदा काममा अप्ठ्यारो भएको कर्मचारीको गुनासो छ । काठमाडौंमा अञ्चल आयुर्वेद औषधालय भएकाले जिल्ला औषधालय छैन । काठमाडौंका पाँच स्थानीय तहमा समेत आयुर्वेद औषधालय छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाको भद्रवास, नागार्जुन नगरपालिकाको सीतापाइला, चन्द्रागिरि नगरपालिकाको मातातीर्थ, कीर्तिपुर नगरपालिकाको पाँगा र दक्षिणकाली नगरपालिकाको फर्पिङमा आयुर्वेद औषधालय रहेका छन् । देश सङ्घीय सरचनामा जानु अघि पाँचवटै कार्यालय वाग्मती अञ्चल आयुर्वेद औषधालय थिए । हाल सबै औषधालय सम्बन्धित स्थानीय तह मातहतमै छन् ।
आयुर्वेदका ग्रन्थमा ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् देश अथवा स्थानका मानिस हुन् तिनलाई त्यहीँ पाइने जडिबुटीले औषधिको काम गर्छ भन्ने सन्देश बोके पनि सम्बन्धित निकायले यसलाई बिर्सेको यस क्षेत्रका विज्ञको गुनासो छ ।
जसका कारण कौडीको भाउमा जडीबुटी विदेशिने र औषधिका गोली बनी हजारौँको मूल्य लिएर भित्रिने गरेको आयुर्वेदको उपचारमा सक्रिय वैद्य दीपक सुवेदी बताउछन । यहीँका जडीबुटीको उपयोग गर्नसके बाहिरबाट भित्रने औषधिले भन्दा बढी रोग प्रतिरोधी काम गर्ने उनको विश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
सिङ्गारिँदै सिरहाका छठ घाट, मूल्य वृद्धिको मारमा भक्तजन
कात्तिक २१, २०८१ बुधबार
विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्याण्ड ६७ रनले पराजित
कात्तिक २१, २०८१ बुधबार
ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, शेयरमा उछाल
कात्तिक २१, २०८१ बुधबार
बिश्व बैंकको ७२ अर्ब सहयोगमा बन्न लागेको पाँच आयोजना फास्ट ट्रयाकबाट सम्पन्न गरिने
कात्तिक २१, २०८१ बुधबार
सामाजिक सञ्चाल ‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत
कात्तिक २१, २०८१ बुधबार
राष्ट्रिय योजना आयोगमा सिर्जना गरिएको विशेष पदमा नै हाजिर हुने भए बैकुण्ठ अर्याल
कात्तिक २१, २०८१ बुधबार