सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार १४:३०:३७
१५ जेठ, सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गरिएकामध्ये वीरेन्द्रनगर नगरपालिकाका सात पुरुष, तीन महिला, चौकुने गाउँपालिकाका दुई महिला, एक पुरुष, सुदुरपश्चिमको बझाङ घर भएका ५५ वर्षीय एक पुरुष र पहिचान हुन बाँकी एक महिलामा गरी १५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
महाशाखा प्रमख डा. लक्ष्मीनारायण तिवारीले नयाँ पहिचान भएका सबै सङ्क्रमितलाई आइसोलेसनमा राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । बझाङका ५५ वर्षीय पुरुष तथा बोल्न नसक्ने एक महिलाको ठेगाना पत्ता लगाउन प्रयास भइरहेको उनले बताए।
मन्त्रालयले प्रदेशका सबै जिल्लामा आरडीटी र पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन कार्य भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेसन, १७ भेन्टिलेटर रहेका छन् । पछिल्लो २४ घण्टामा सुर्खेत र जुम्लामा गरिएको १६० पिसीआर परीक्षणमध्ये सुर्खेतस्थित प्रदेश अस्पतालको प्रयोगशालामा १५ जनाको रिर्पोट पोजिटिभ आएको हो ।
मृतक युवाको रिर्पोट नेगेटिभ
भारत गुजरातबाट फर्कने क्रममा मङ्गलबार राति मृत्यु भएका सुर्खेतका एक युवकको कोरोना रिर्पोट नेगेटिभ देखिएको छ । प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार मृतकको बुधबार स्वाब परीक्षणका क्रममा कोरोना नभएको पाइएको छ ।
आफन्तका अनुसार ती युवामा बाथ रोगसम्बन्धी समस्या थियो । बबईबाट वीरेन्द्रनगर आउँदै गर्दा बान्ता गर्न थालेपछि उनलाई अस्पताल पु¥याइएको थियो । कोरोना नदेखिएपछि अस्पतालले शव परीक्षण गरेर परिवारलाई बुझाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
सिङ्गारिँदै सिरहाका छठ घाट, मूल्य वृद्धिको मारमा भक्तजन
कात्तिक २१, २०८१ बुधबार
विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्याण्ड ६७ रनले पराजित
कात्तिक २१, २०८१ बुधबार
ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, शेयरमा उछाल
कात्तिक २१, २०८१ बुधबार
बिश्व बैंकको ७२ अर्ब सहयोगमा बन्न लागेको पाँच आयोजना फास्ट ट्रयाकबाट सम्पन्न गरिने
कात्तिक २१, २०८१ बुधबार
सामाजिक सञ्चाल ‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत
कात्तिक २१, २०८१ बुधबार
राष्ट्रिय योजना आयोगमा सिर्जना गरिएको विशेष पदमा नै हाजिर हुने भए बैकुण्ठ अर्याल
कात्तिक २१, २०८१ बुधबार