क्यानडामा नेपालीको शान बने मित्र काफ्ले
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार १८:२८:१३
१५ जेठ, काठमाडौं । दृढ इच्छाशक्ति र सबल नेतृत्व क्षमता भएपछि अवसर त जता पनि प्राप्त हुन्छ नै, चाहे नेपालमा होस् वा विदेशमा । यस्तै प्रतिभाशाली एक नेपालीको नाम हो मित्र काफ्ले ।
आजभन्दा केवल ११ बर्ष अगाडि मात्र क्यानडा पुगेका काफ्लेलाई नै विश्वास थिएन होला की क्यानडा सरकारले यति महत्वपूर्ण जिम्मेवारी देला भनेर । तर क्षमता र प्रतिभामा अब्बल काफ्ले अहिले ब्राम्टन रेजिडेन्ट एसोसिएसन काउन्सिल (बीआरएसी) को कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । काफ्लेलाई बीआरएसीका सभापति कुरियन प्राक्कनमले संस्थाको निर्देशकमा नियुक्त गरेका हुन् ।
यो त सारा नेपालीको लागि गौरवको विषय हो – काफ्लेले नेपालबहस डटकमसँग भने । क्यानडाको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक वातावरणमा राम्रोसँग घुलमिल भएका काफ्ले क्यानडा सरकारको नजरमा परेका छन् ।बीआरएसी क्यानडा अफ पिलको ग्रेटर टोरन्टो अन्तर्गतको ब्राम्टन शहरमा बसोबास गर्नेहरु आवद्ध विभिन्न संघसंस्थाको एउटा आधिकारिक संगठन हो । यो गैर मुनाफामूलक संस्था हो । यो संस्थाले ब्राम्टन शहरमा बसोबास गर्ने रिजन अफ फिल ब्राम्टनीहरुको उन्नति र प्रगतिका लागि तीनवटै तहका सरकार तथा सरोकारवालासँग समन्वय गरी काम गर्नेछ ।
क्यानडामा बसोवास गर्ने नेपाली मात्र नभई एशिया, अफ्रिकालगायतबाट आएकाहरुबीच काफ्ले सुपरिचित नाम हो । उनी अन्तर्राष्ट्रिय समुदायमै चर्चित भएकाले लोकप्रिय पनि छन् । उनले पाएको जिम्मेवारी महत्वपूर्ण हो । उनले क्यानडाका तीनवटै तहका सरकारसँग समन्वय गरी विकास निर्माण लगायतको क्षेत्रमा काम गर्ने दायित्व निर्वाह गर्नेछन् ।
क्यानडाको सबै वस्तुस्थिति मलाई राम्रो ज्ञान भएकाले काम गर्न सजिलो हुनेछ– उनले भने । एसियाली मुलुकबाट आएर बसोवास गर्ने क्षमतावान र दक्ष व्यक्तिहरुमध्येबाट चुनिएका काफ्ले लामो समयदेखि राजनीतिक एवं सामाजिक अभियन्ताका रुपमा समेत परिचित छन् । क्यानडा जस्तो विकसित र धनी राष्ट्रले पत्याएर उनलाई त्यो तहको नियुक्ति दिएपछि यतिबेला उनको चर्चा अन्तर्राष्ट्रिय स्तरमै चुलिएको छ ।
क्यानडामा राम्रो उद्यम गरेर बसेका काफ्लेको रियलस्टेट बिजनेस फस्टाएको छ । उनी सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय छन् । सन् १९९७ देखि १९९९ सम्म उनी उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेका थिए । सन् २००० मा नेपाल फर्केका काफ्लेले लगभग आठ वर्ष नेपालमै काम गरे । यसैक्रममा उनी सन् २००८ मा क्यानडा उडेका हुन् । क्यानडामा थप अध्ययन गर्दै उनले व्यापार व्यवसायमा समेत हात हाले । यसैक्रममा उनले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थामार्फत अधिकारकर्मीका रुपमा समेत आफूलाई परिचित गराए ।
मूलतः आफू नेपाली समुदायका लागि नै सामाजिक काम गर्न अग्रसर हुन्थें भन्दै उनले विस्तारै अन्तर्राष्ट्रिय संघसंस्थासँग समेत आवद्ध भएर काम गर्न थालेको जानकारी दिए । काफ्ले गैर आवासीय नेपालीहरुको संगठन एनआरएन क्यानडाको संस्थापक पनि हुन् । यी लगायत धेरै संघसंस्थामा उनको आबद्धता रहेको छ । सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा राम्ररी भिजेका काफ्ले दर्जनौं ख्यातिप्राप्त संघसंस्थाको नेतृत्व तहमा बसिसकेका छन् ।
मेरो त्यही अनुभव र सफलताले नै अहिले महत्वपूर्ण जिम्मेवारी पाएको होला– उनी भन्छन् । प्राप्त जिम्मेवारीलाई इमान्दारीका साथ निर्वाह गर्ने उनी प्रण गर्छन् । उनको लोकप्रियतालाई ध्यानमा राखी गत वर्ष सन् २०१९ मा सम्पन्न संघीय निर्वाचनमा एमपीको टिकट दिइएको थियो । तर उनले उक्त प्रस्ताव अस्वीकार गरी सामाजिक क्षेत्रमै सक्रिय रहे ।
भौतिक रुपमा आफू क्यानडामा रहेपनि मन भने नेपाल र नेपालीको विकासमा चिन्तित रहेको उनले बताए । शरीर क्यानडामा छ तर मेरो ध्यान भने नेपालमै छ– काफ्ले भन्छन् । क्यानडामा रहँदा पनि नेपालको इज्जत बढाउने काम गर्दै आएकोमा उनी खुशी पनि छन् ।
को हुन् काफ्ले ?
नेपालको स्याङ्जा जिल्लाको सामान्य परिवारमा जन्मेका काफ्ले गैर नेपाली संघ (एनआरएनए) क्यानाडाका संस्थापक तथा एशोसिएन अफ नेप्लिज इन् अमेरिकाजका पूर्व उपाध्यक्ष, पश्चिम सामुदायिक सेवा इन्कर्पोरेशनको अध्यक्ष समेत भईसकेका छन् ।
काफ्लेले ब्राम्टन माउण्ट एभ्रेस्ट लायन्स क्लवको (चार्टर), क्यानाडाको संस्थापक पहिलो निर्वाचित सभापति, विश्व अन्तर्राष्टिय नेपाली समुदायको देशीय निर्देशक, जीआईडीएसएस नेपाल, सुरक्षित र स्वस्थ नेपालका संस्थापक सीमाविहीन अन्तर्राष्टिय क्यानडा शाखाको प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत कार्य गरिसकेका छन् ।
क्यानडामा उद्यमी, राजनीतिक तथा समाजसेवीको रुपमा स्थापित काफ्ले घर जग्गाको लगानीकर्ता, सामाजिक, राजनीतिक तथा सामुदायिक कार्यकर्ता, मानव अधिकार तथा नागरिक अधिकारको क्षेत्रमा पनि विज्ञ मानिन्छन । सन १९९७ -१९९९ ताका अमेरिका मा शैक्षिक अध्यापन गरेका उनी २ बर्षको अमेरिकन बिकास, सिस्टम, कानुन जीवनशैलीको विस्तृत अनुभव प्राप्त गरि सन २००० मा नेपालमै फर्की विभिन्न व्यापार व्यवसाय, धार्मिक तथा सामाजिक कामहरुमा सफलता प्राप्त गर्दै २००८ को मध्यतिर क्यानडा लागेका थिए ।
क्यानडामा त्यहाँको डिप्लोमा डिग्री गरी क्यानडाको जीवनशैलीसँग घुलमिल र परिचित हुँदै विभिन्न व्यापार व्यवसाय साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थामार्फत महिला सशक्तीकरण , बाल अधिकार, द्वन्द्व व्यवस्थापन, लोककल्याण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति क्षेत्रमा विषेश ज्ञान र क्षमता राख्छन् उनी । यसका अलवा काफ्लेको नेपाली सामाजिक संघसंस्थाहरुमा पनि उत्तिकै योगदान र संलग्नता रहदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसंघ गठन
असार २, २०८१ आइतबार
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरूलाई अध्यक्ष ढकालको आग्रह
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार