आज एकै दिन १५६ कोरोना संक्रमण, अहिलेसम्म १८७ घर फर्किए
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार २२:५६:७
![](https://nepalbahas.prixacdn.net/media/albums/BikashDevkota_Bc2PN5Nu6D.jpg)
१५ जेठ, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन १५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १७ जिल्लामा १५६ मा सङ्क्रमण देखिएको जानकारी दिए ।
नयाँसँगै सङ्क्रमितको सङ्ख्या एक हजार ४२ पुगेको छ । आज देखिएका सङ्क्रमितको सङ्ख्या एकै दिन देखिएको अहिलेसम्मकै सबभन्दा धेरै हो । यसअघि बुधबार पनि ११२ जनामा सङ्क्रमण देखिएको थियो । सोलुखुम्बु र दोलखामा आज नयाँ सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । सङ्क्रमति भएका जिल्ला अहिलेसम्म ५१ पुगेको उनले जानकारी दिए । सङ्क्रमण देखिएकामध्ये ९४० र महिला १०२ जना रहेका छन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ३२ र ४७ जना पुरुष छन् । यसैगरी कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका १६ वर्षदेखि ४२ वर्षसम्मका २५ जनामा सङ्क्रमण देखिएको छ । भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरका १९ वर्षका एक जनामा सङ्क्रमण देखिएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोशगालामा गरिएको परीक्षणमा ७७ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । तीमध्ये धनुषाका २९ जना रहेका छन् । चार वर्षीया बालिका र आठ वर्षीय बालक तथा १४ देखि ७० वर्ष उमेर समूहका २५ पुरुष र दुई महिला छन् ।
महोत्तरीका १७ जना रहेका छन् । तीमध्ये ४५ वर्षीया एक महिला र पुरुष १६ जना १५ देखि ४५ वर्ष उमेर समूहका छन् । रौतहटका तीनजना पुरुष १२ देखि ३० वर्ष उमेर समूहका, सप्तरीका १२ जना पुरुष १८ देखि ४२ वर्ष उमेर समूहका, सर्लाहीका सातजना पुरुष सातदेखि ३२ वर्ष उमेर समूहका र सिराहाका छ जना पुरुष १४ देखि ४० वर्ष उमेर समूहका छन् ।
यसैगरी दोलखाका दुईजना १९ र २० वर्षका पुरुष रहेका छन् । सोलुखुम्बुका २६ वर्षका पुरुष र बझाङका ५५ वर्षका पुरुष रहेका छन् । यसैगरी सुर्खेत प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा सङ्क्रमण देखिएको छ । बझाङका एकजना पुरुष ३४ वर्षका, सुर्खेतमा १३ जना रहेका छन् । सुर्खेतमा दुई पाँच वर्षीया बालिका रहेका छन् । अन्य ११ देखि ३७ वर्ष उमेर समूहका सातजना पुरुष र २२ देखि ३९ वर्ष उमेर समूहका चारजना महिला छन् । तीमध्ये एकजना बोल्न नसक्ने महिला रहेकी छन् ।
दैलेखमा आठ जना रहेका छन् । एक जना २० वर्षीया महिला र सात जना १७ देखि ४० वर्षीय पुरुष रहेका छन् । यसैगरी प्रादेशिक प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा तीन जनामा सङ्क्रमण देखिएको छ । ती स्याङ्जा घर भएका ३९ वर्षीया महिला तथा २२ र २३ वर्षका पुरुष छन् ।
सेती अस्पतालको प्रयोगशालाको परीक्षणमा थप तीन जनामा सङ्क्रमण देखिएको छ । दार्चुलाका एक जना २५ वर्षीय पुरुष र कैलालीका दुई जना २५ र ३० वर्षीय पुरुष रहेका छन् । किटजन्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा मकवापुरका एक जना ५० वर्षका पुरुषमा सङ्क्रमण देखिएको छ ।
भेरी अस्पताल प्रयोगशालमा गरिएको परीक्षणमा चार पुरुषमा संक्रमण देखिएको छ । तीमध्ये नेपालगञ्जका एक जना २८ वर्षका र बर्दियाका तीन जना पुरुष २५ देखि ३४ वर्षका उमेरका छन् । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये रौतहटका आठ वर्षीया बालकदेखि ४० वर्षका पुरुष रहेका छन् ।
सङ्क्रमति व्यक्तिमध्ये प्रदेश नं. १ का आठ जिल्लाका १२९, प्रदेश नं २ का सबै आठ जिल्लाका ४१५, वाग्मती प्रदेशका १२ जिल्लाका ४४, गण्डकी प्रदेशमा चार जिल्लाका १७, प्रदेश नंं ५ का नौ जिल्लाका ३६९, कर्णाली प्रदेशमा तीन जिल्लाका ४७ र सुदूरपश्चिम प्रदेशका सात जिल्लाका २१ जना रहेका छन् ।
१८७ डिस्चार्ज
मन्त्रालयका प्रवक्ता डा. देवकोटाले अहिलेसम्म १८७ जना डिस्चार्च भई घर फर्किएका छन । प्रदेश नंं १ मा ३०, प्रदेश नं २ मा १०१, प्रदेश नं. ३ मा ११, गण्डकी प्रदेशमा दुई, प्रदेश नं. ५ मा ३८ र सुदूरपश्चिम प्रदेशमा पाँच जना डिस्चार्ज भएका छन् ।
अहिलेसम्म पीसीआर परीक्षण ६० हजार ६९६ र आरडिटी एक लाख दुई हजार ३४ जनामा गरिएको छ । गत २४ घण्टामा पीसीआर दुई हजार ४१९ र आरडिटी सात हजार ७४७ जनामा गरिएको छ । यसैगरी क्वारेन्टिनमा ४६ हजार ५७ जना र आइसोलेसनमा ८५० जना रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार