नेप्सेको शेयर कारोबार प्रणाली पूर्ण अटोमेसनमा लैजाने
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार २३:५४:१२
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष नेपाल स्टक एक्चेन्ज ‘नेप्से’ को कारोबार पूर्णरुपमा विद्युतीय प्रणाली ‘पूर्णरुपमा अटोमेसन’ मार्फत गर्न सकिने गरी विकास गरिने अर्थमन्त्री डा. युवाराज खतिवडाले बताए । आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै उनले अगामी आर्थिक वर्षभित्र नेप्सेको शेयर कारोबार प्रणाली पूर्ण रुपामा विद्युतीय बनाउने बताएका हुन् ।
अहिले शेयर बजार पूर्णरुपमा अटोमेसनमा जान नसकेकाले लक डाउनमा बजार बन्द छ । पूरै अटोमेसन हुन सकेमा बजार बन्द गर्नुपर्ने अवस्था आउँदैन् । अब अनलाइन प्रणाली र बैंक इन्ग्रिसन, क्यिरिङ एन्ड सेटलमेन्ट तथा भुक्तानी प्रणालीलाई विद्युतीय माध्यमबाटै सम्पन्न गर्न सकिने बनाउनुपर्ने हुन्छ ।
साथै, उनले धितोपत्र बजारलाई व्यवस्थित गर्न अब स्टक डिलर सञ्चालनमा ल्याइने पनि बताए । कमोडिटी एक्सेन्ज पनि सञ्चालनमा ल्याउने बताए । नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेप्से लगायतको संरचनात्मक सुधार गरिने पनि उनले बताए । अर्थमन्त्री खतिवडाले पछिल्लो वर्ष पुँजी बजारको दायरा फराककिलो भएको बताएका छन् । ऋणपत्र बजारलाई पनि थप प्रभावकारी बनाइने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार