बजेटले घोषणा गरेका बैंक तथा वित्तीय क्षेत्रका नयाँ कार्यक्रमहरु
नेपालबहस संवाददाता
जेठ १५, २०७७ शुक्रबार २:२१:५
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत बैंक तथा वित्तीय क्षेत्रलाई व्यवस्थित बनाइने उल्लेख गरेको छ । बैंकिङ दायरा बढाउने, विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राख्ने तथा कोरोनाबाट प्रभावित व्यवसायलाई ५ प्रतिशत व्याजमै कर्जा दिइने घोषणा बजेटमा छ ।
बैंक तथा वित्तीय क्षेत्रलाई बजेटले समेटेका विषयहरु सहुलियत पूर्ण कर्जाको आकारमा बृद्धि, नगदरहित कारोबार बढाउन विद्युतीय भुक्तानीलाई प्राथमिकता दिइने, बीमाको दायरा विस्तार गरिने, घुम्ती बीमा कार्यक्रमबाट कृषि बीमा बढाइने, नेशनल गेटवे पेमेन्ट सिस्टम लागु गरिने, अधिकांश सरकारी तथा सार्वजनिक रकमको भुक्तानी विद्युतीय माध्यमबाट गरिने, बैंकहरुलाई विदेशबाट ऋण ल्याउन सहजीकरण गरिने, बैंक तथा वित्तीय संस्थालाई एक अर्कामा गाभ्ने कार्यलाई प्रोत्साहन गर्ने उल्लेख छ ।
यस्तै सरकारले कोरोना प्रभावित व्यवसायीहरुलाई ५ प्रतिशत ब्याजमा पुर्नकर्जा उपलब्ध गराउने, हरेक वाणिज्य बैंकका प्रत्येक शाखाबाट १० जना र विकास बैंकले प्रत्येक शाखाबाट कम्तिमा ५ जनालाई सहुलियतपूर्ण कर्जा दिनुपर्ने व्यबस्था बजेटमा समेटिएको छ । उद्यमशिलता विकास गर्न २ प्रतिशत व्याजमा नव प्रवद्र्धन कोषको स्थापना गर्दै सो कोषमा ५० करोड रकम विनियोजन गरेको छ । उनीहरुलाई विभिन्न सीपहरु सिकाएर ५० हजार ससाना व्यवसायी उत्पादन गरिने बजेटमा उल्लेख छ ।
यस्तै १ अर्ब बजेट विनियोजन गरि लघुवित्तको माध्यमबाट १ लाख २७ हजारलाई रोजगारी बनाइने योजना पनि सरकारले अघि सारेको छ । यातायात व्यवसायीलाई कर्जामा सहुलियत दिइने तथा पूर्नकर्जा कोषको आकार १ खर्बको बनाईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार