भीटीएम नहुँदा भारतबाट आएका २६७ को परीक्षण हुन सकेन
नेपालबहस संवाददाता
जेठ १६, २०७७ शुक्रबार १६:२:५
१६ जेठ, जाजरकोट । जिल्लामा भीटीएम नहुँदा कोरोनाको पीसीआर परीक्षण हुनसकेको छैन । जिल्लामा हालै भारतबाट आएका २६७ जनालाई सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पस र त्रिभुवन माविमा बनाइएका क्वारेन्टिनमा राखिएको छ तर स्वाब सङ्कलनका लागि भीटीएम नहुँदा भारतबाट आएकाहरुको परीक्षण हुनसकेको छैन ।
सरकारले भिटिएम नपठाउँदा उनीहरुको स्वाब सङ्कलन हुन नसकेको हो । भीटीएममा शङ्कास्पदको स्वाब सङ्कलन गरी कोरोनाको पीसीआर परीक्षणका लागि सुर्खेत पठाउने गरिएको छ तर किट अभावमा परीक्षण हुनै नसकेको स्वास्थ्यकर्मीको भनाइ छ । गत ३ चैतदेखि क्वारेन्टिनमा बसेका जुनीचाँदे गाउँपालिकाका दिनेश मगरले अहिलेसम्म परीक्षण हुन नसकेको बताए। दुई हप्ता क्वारेन्टिनमा बस्ने भनिए पनि १३ दिन हुँदासम्म परीक्षण हुन नसकेको बताए ।
करिब ५०० को आरडीटी र ७४ जनाको पीसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ तर लकडाउनकै अवधिमा भारतबाट मात्र पाँच हजार मानिस जिल्लामा भित्रिएका छन् । भारतबाट आएकाको पीसीआर परीक्षण नहुँदा स्थानीय त्रसित बनेका छन् । १४ दिन पुगेपछि लक्षण नदेखिए परीक्षणबिनै पनि घर पठाउन सकिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा सुनिल पुनले बताए । उनले भने, “किट अभावमा परीक्षणबिनै घर पठाउनुपर्ने बाध्यता आइपरेको छ । माग गरेका छौँ आइपुगेको छैन । आउने बित्तिकै परीक्षण गरेर घर पठाउँछौँ ।”
बारेकोटले परीक्षण थाल्यो
सङ्घीय र प्रदेश सरकारले कोरोना परीक्षणका लागि किट नपठाएपछि जाजरकोटको बारेकोट गाउँपालिकाले आफैँले पहिलो चरणमा ५०० भिटीएम खरिद गरेर स्वाब सङ्कलन थालेको छ । भारतबाट आएकाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने भीटीएम खरिद गरेको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए । उनले प्रदेश अस्पताल र जिल्ला अस्पतालसँग समन्वय गरेर बिहीबारदेखि स्वाब सङ्कलन थालिएको बताए ।
अपुग भए पुनः झिकाएर परीक्षण गराउने उनको भनाइ छ । बारेकोटले आफैँले भीटीएम खरिद गरेर परीक्षण थालेपछि जिल्लाका अन्य पालिकाले पनि किट खरिद गर्न थालेका छन् । कुशे र भेरीले पाँच÷पाँच सय भीटीएम झिकाइसकेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार