बन्दाबन्दीले कुहियो स्याउ, कुँडियो मन
नेपालबहस संवाददाता
जेठ १६, २०७७ शुक्रबार २१:३७:५७
◊ नारायण ढुङ्गाना
१६ जेठ, दार्चुला । दार्चुला जिल्लाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ छाङरु ‘गागा’ का जितबहादुर बोहराको बारीमा फलेको स्याउ यसपालि बिक्री भएन । विगतमा स्याउ लिन आउने भारतीय व्यापारी यसपालि आएनन् । नेपाली बजार दार्चुलामा स्याउ बिक्री गर्न लैजाने हो भने खच्चरको भाडा जोड्दा मूल्यभन्दा दोब्बर लागत पर्ने देखियो । त्यसैले उनले गते असोज-कात्तिक महिनाभरि व्यापारीको बाटो कुरे तर कोही नआएपछि उनले मन कुँड्याउँदै स्याउ घरभित्रै पोको पारेर राख्न बाध्य भए ।
सकेसम्म नकुहियोस् भनेर घरमा भएका डेक्ची, खँड्कुलो, प्याष्टिकका भाँडा, बोरालगायत घरमा भेटेसम्मको भाँडाकुँडामा टम्म पारेर स्याउ कोचेका थिए । यसरी कोच्नु उनको बाध्यता थियो, किन कि जाडोले हिउँ जमेर गाउँमा बस्न सक्ने अवस्था नभएपछि नबिकेको स्याउ घरभित्र छाडेर गएको कात्तिकमा उनको परिवार दार्चुला झर्नुपर्छ । जाडोले गाउँमा ६ महिनामात्रै बस्न सकिन्छ । जाडो छल्न जानेहरु अघिपछि सामान्यतः चैतमा घर फिर्छन् । तर यसपालि कोरोनाको सङ्क्रमणका कारण भएको बन्दाबन्दीले असर ग¥यो । उनलाई पनि त्यसले छोयो ।
छाङरु आउनलाई भारतको बाटो भएर आउनुपर्छ । नेपालबाट बाटो छैन । दार्चुलाबाट झण्डै ८० किलोमिटरको दूरीमा रहेको छाङरुमा हिँडेर आउन झण्डै पाँच दिन लाग्छ । यसपालि कोभिड–१९ सङ्क्रमणका कारण भारतले बाटो प्रयोग गर्न दिएन । सबै गाउँले अड्किए । उनी गत वैशाख ३१ गते सशस्त्र प्रहरीको सीमा निगरानी चौकी स्थापनाका लागि प्रयोग भएको सेनाको हेलिकप्टर चढेर घर पुगे । उनकै घर भाडामा लिएर अहिले सशस्त्रले पोष्ट राखेको छ ।
घर पुग्न नपाउँदै शुरुमा घरमा राखेको स्याउको अवस्था के छ भनेर उनले हेरे। विडम्बना सबै खान नहुने गरी कुहिएको फेला प¥यो । “अघिपछि चिसोमा बिग्रिँदैनथ्यो, यसपालि आउन ढिला भयो, त्यसैले बिग्रिएछ, ठूलै घाटा लाग्यो”, मन खिन्न पार्दै उनले भने ।
छाङरुमा उनको तीन रोपनी जग्गा छ । यहाँ स्याउका ६०० बोट छ । अर्को एक भूभू भन्ने स्थानमा ८०० बोट स्याउ छ । उनका अनुसार वर्षमा २० देखि ३० क्विन्टलसम्म स्याउ फल्छ । गाउँका ११५ घरमध्ये सबैभन्दा धेरै स्याउ फलाउने उनी हुन् । अन्य व्यक्तिको बारीमा दुई-चार बोटका दरले स्याउ छ ।
अघिल्लो वर्ष प्रतिकिलो भारु ७० मा बिक्री भएको स्याउ किन्न यसपालि भारतीय व्यापारी नआउँदा त्यसै थन्किएको हो । सीमा जोडिएकाले नजिक नेपाली बजार नहुँदा सबै उत्पादनको बिक्री केन्द्र भारत हो । गएको वर्ष ती भारतीय व्यापारी स्याउ किन्न आएनन् । उनीहरुले अन्य ठाउँबाटै स्याउ लगेको उनी बताउछन् ।
आफ्नै क्षमताले दार्चुला पु¥याउन बाटो नभएको र खच्चडलाई बोकाएर लैजाँदा महँगो हुने भएकाले दार्चुला लैजान नसकिएको उनले बताए । “यसपालि सबै खेर गयो, के गर्नु नेपालमा बाटो भइदिएको भए बजार लगेर बेच्ने गर्थे ”, कुहिएको स्याउ देखाउँदै उनले भने।
आलु, बन्दा पनि बिग्रियो
स्याउमात्रै होइन आलु उम्रिएर बोराभरि लामालामा टुसा भइसकेछ । कतिपय आलु कुहिएको फेला प¥यो । केही आलु खान हुनेखालको पनि भेटियो । दलिनमा झुण्ड्याएर राखिएको बन्दा लगभग खान नमिल्ने गरी सुकिसकेको छ । फर्सी पनि कुहिएको भेटियो ।
झण्डै २० क्विन्टल आलु पनि घरभित्रै त्यसै थन्किएर बसेको छ । नबिकेको फलफूल र तरकारी राखेर जाडो छल्न बेँसी झरेको थियो उनको परिवार । यसपालि तरकारी फलफूल गरेर झण्डै तीन लाख भारु घाटा लागेको उनी अनुमान गर्छन । उनले दुई वर्षअघि २५ क्विन्टल आलु, २० क्विन्टल स्याउ र पाँच क्विन्टल बन्दागोपी, फर्सी ‘कद्दु’ बिक्री गरेका थिए । त्यो बेला रु पाँच लाखभन्दा बढी नाफा भएको थियो । त्यो सबै अहिले खेर गएको भन्दै उनी दुखेसो पोख्छन
श्रीमती सुधा बोहराको साथमा उनी आफ्नो कृषि कर्ममा खटिन्छन । उनीहरु तरकारी उत्पादनसँगै व्यापार पनि गर्छन । चाइनाबाट तयारी सामग्री ल्याएर भारतको धार्चुलालगायत विभिन्न मेलामा लगेर बेच्छन । बाँकी समय आफ्नै गाउँमा कृषिकर्म गरेर रमाउछन ।
नेपालमा दैनिक लाखौँको तरकारी फलफूल भारतबाट आउँदै गर्दा यसरी नेपालमै उत्पादन गरेको फलफूल तथा तरकारी गाउँमै सुक्ने गरेको यो एउटा उदाहरणमात्रै हो । बाटोघाटोको सहज आवागमन नहुँदा र बजारको व्यवस्थापन नहुँदा यसैगरी नेपाली अग्र्यानिक उत्पादन धेरै जिल्लामा खेर गइरहेको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार