एमसीसी प्रकरणमा ओलीको जित
इन्द्र रिजाल
जेठ १७, २०७७ शनिबार २०:५४:१८
१७ जेठ, काठमाडौं । लामो समयदेखि विवादमा ल्याइएको अमेरिकी मिलेनियम च्यालेञ्ज एमसीसीलाई संसदबाट अनुमोदन गराउने प्रधानमन्त्री केपी ओलीको रणनीति आज लगभग सफल भएको छ । संसदले अनुमोदन नगरी कार्यान्वयन गर्न नमिल्ने भनिएको एमसीसीलाई अब पार्टी तहमा छलफलै नगरी निर्णयमा पु¥याइने भएको छ ।
आज बिहान बसेको पार्टी सचिवालय बैठकले एमसीसी लामो समयदेखि संसदमा प्रवेश गरिसकेको विषय भएको भन्दै यसबारे छिनोफानो गर्ने काम स्वयं संसदलाई नै छाडिदिएको हो । आजको बैठकमा प्रधानमन्त्री ओलीले असन्तुष्ट नेताहरुको मान राख्नका लागि संसदले पास नगरेसम्म एमसीसी प्रक्रिया अगाडि नबढाइने आश्वासन दिए । जबकी दुईवर्ष अघिबाटै एमसीसी कार्यान्वयनमा आईसकेको छ । उक्त परियोजना अन्तर्गत कार्यालयसमेत स्थापना भई काम भईरहेको छ ।
आज बसेको सचिवालय बैठकमा नेताहरु आक्रोशित भए, तर आज आमन्त्रण गरिएका अर्थमन्त्री डा. युवराज खतिवडाप्रति । प्रधानमन्त्री ओली सधैं भन्दा आज शान्त देखिएका थिए । उनले खासै बोलेनन् । बरु आजको बैठकमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री खतिवडाले नै दिएका थिए ।
नेता बामदेव गौतम र भीम रावलले अर्थमन्त्रीको झाँको झार्ने प्रयास गरेका थिए । पार्टीमा छलफल नै नगरी बजेटमा किन समावेश गरेको भन्दै अर्थमन्त्रीसँग स्पष्टीकरण लिन खोजियो । साथै, अर्का आमन्त्रित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको सम्मान गर्न एमसीसीबारे अन्तिम निर्णय गर्न संसदलाई नै छाडिदिनुपर्ने तर्क गरे ।
साँच्चै भन्ने हो भने एमसीसी कार्यान्वयनमा आईसकेको छ, अब हामी यसबाट पछाडि फर्कन सक्ने अवस्था छैन– ओली निकट एक नेताले भने । यस्तै तर्क गरिएपछि नेताहरु चूप बसेका थिए । बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पार्टी पंक्तिमा छलफलै नगरी सरकार अगाडि बढ्ने प्रवृत्ति नरोके ठूलो दुर्घटना हुनसक्ने चेतावनी दिए ।
आजको बैठकमा नेता माधव नेपालले पनि धेरै बहस गरेनन् । उनले पनि यस्तो संवेदनशील विषयमा पार्टीभित्र गम्भिर छलफल हुनुपर्नेमा नगरिएको भन्दै आपत्ति प्रकट गरेका थिए । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त आज केही नबोली बैठक सकियो । आजको बैठकमा नेता भीम रावलले धेरै प्रसंग उठाउन खोजेका थिए । तर बैठकमा एमसीसी कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको तर्क गर्न थालिएपछि उनी पनि पछाडि हटे ।
आगामी असार १५ भित्र संसदबाट पास गराउनुपर्ने समयसीमा तोकिएको छ । सचिवालयको आजको बैठकले अब एमसीसी पास गर्ने आधार तयार भएको टिप्पणी ती नेताले गरेका छन् । एमसीसी पास गर्ने पक्षमा विपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पनि रहेका छन् । त्यसैले पनि नेकपालाई समर्थन गर्न दवाव पर्नेछ – उनी भन्छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
मंसिर १४, २०८१ शुक्रबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार